काठमाडौं । झापा, मेचीनगर नगरपालिका-१५ कालिकास्थित सडकमा प्र.१-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र बा.प्र.०१-००२ झ ७३६० नम्बरको स्कार्पियो एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा सिटी सफारीमा सवार सोही नगरपालिका-१५ बस्ने ४० वर्षीया आरती उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारी चालक र स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ हलगडा चोकस्थित सडकमा प्रदेश १-२-००२ ख १३२८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-५ बस्ने ७५ वर्षीया पद्म कुमारी खड्काको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

