काठमाडौं । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ ।
अर्थ मन्त्रालयले ल्याएको कर प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३ अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन् ।
‘अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुहोस् । उक्त बिल नम्बर नै तपाईंलाई लखपति बनाउने नम्बर हो। हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिनेछ,’ अर्थ मन्त्रालयले भनेको छ ।
बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयनबारे कार्यविधि नै तयार गरिएको छ ।
यस्तो छ कार्यविधि:


