सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेकपा गठन भएको ९ महिनापछि धनकुटामा एकता

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
नेकपा गठन भएको ९ महिनापछि  धनकुटामा एकता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनकुटा । गत वर्ष कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका वामपन्थी दलहरूबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको ९ महिनापछि बल्ल धनकुटामा एकता भएको छ । केन्द्र र त्यसपछि प्रदेश तहमा पार्टी एकता सम्पन्न भएपछि धनकुटामा जिल्ला तहको एकता टुंगिएको छ । नेकपा धनकुटाले जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गरी २ सय ५१ सदस्यीय जिल्ला समिति घोषणा गरेको छ । समितिको संयोजकमा कुसुमकुमारी श्रेष्ठ तथा सहसंयोजकमा डिप्लव राई, हेमचन्द्र किराती र ओमप्रकाश निरौला चयन भएका छन् ।

जिल्ला एकता भेला सम्पन्न भई समितिले पूर्णता पाएसँगै धनकुटामा लामो समयदेखि प्रतीक्षामा रहेको संगठनात्मक एकताले औपचारिक रूप पाएको छ । केन्द्र र प्रदेश तहको संरचना निर्माणपछि जिल्लामा संगठनलाई थप सुदृढ बनाउने, जनपरिचालनलाई प्रभावकारी बनाउने तथा स्थानीय तहसम्म पार्टी गतिविधि विस्तार गर्ने उद्देश्यका साथ नयाँ समिति गठन गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले अब कोशी प्रदेश सरकारको नेतृत्व नेकपाले पाउनुपर्ने बताए । कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गरिसकेको उल्लेख गर्दै उनले अब प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने अवस्था सिर्जना भएको दाबी गरे ।

राईले लोकतन्त्रका मूल्य–मान्यता र संविधानको भावनाअनुसार सरकार सञ्चालन हुन नसकेको आरोप लगाए । राज्यसत्ता अत्यधिक केन्द्रिकृत बन्दै गएको उल्लेख गर्दै उनले सिंहदरबारले प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुको सट्टा उनीहरूको भूमिका कमजोर पार्ने प्रयास गरिरहेको बताए । कार्यक्रममा प्रदेश सहइन्चार्ज पर्शुराम बस्नेत, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेल, सहइन्चार्जहरू विष्णुमाया कन्दङ्वा र आरपी बास्तोला लगायतका नेताहरूको उपस्थिति रहेको नेकपा कोशी प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतले जानकारी दिइन् । उनका अनुसार नौ महिनापछि सम्पन्न भएको जिल्ला एकतालाई नेकपाले संगठन विस्तारको नयाँ सुरुआतका रूपमा लिएको छ ।

नवगठित जिल्ला समितिले स्थानीय तहसम्म संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण तथा जनआधारित कार्यक्रमलाई तीव्रता दिने लक्ष्य लिएको छ ।

यो पनि पढ्नुहोस्

एलपी ग्यासकाे अभाव समाधानकाे लागि चासो व्यक्त

एलपी ग्यासकाे अभाव समाधानकाे लागि चासो व्यक्त

१६ घण्टा अगाडि
नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक