मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इरानमाथि लगातार नवौँ दिन हवाई हमला

धारणा न्यूज by धारणा न्यूज
२० घण्टा अगाडि
Reading Time: 1 min read
0
अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकी सेनाले सोमबार राति पनि इरानमाथि लगातार नवौँ दिन हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानका कमाण्ड सेन्टर, एयर डिफेन्स सिस्टम, मिसाइल र ड्रोन लन्च साइट, समुद्री सम्पत्ति तथा सञ्चार सञ्जालहरूलाई निसाना बनाइएको छ।

अमेरिकी सेनाले इरानको दक्षिण–पश्चिमी सहर खुर्मोज, बुशहर, र होर्मोजगानका साथै उत्तर–पश्चिमी सहर तबरीजमा समेत हमला गरेको छ। चाबहार र बन्दर इमाम जस्ता महत्त्वपूर्ण बन्दरगाह सहरहरू पनि निसानामा परेका छन्।

हमलापछि उत्तर–पश्चिमी इरानको ’तबरीज मिसाइल फिल्ड’ मा आगलागी भएको खबर छ। स्थानीय बासिन्दाका अनुसार अमेरिकी हमलालगत्तै उक्त मिसाइल केन्द्रमा आगो दन्किएको थियो। यो मिसाइल केन्द्र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आईआरजीसी० को एयरोस्पेस फोर्सले सञ्चालन गर्दै आएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले होर्मुज जलमार्गलाई युद्धमा दबाब सिर्जना गर्ने हतियार बनाएको बताउँदै विश्वका अन्य राष्ट्रहरूलाई पनि यस जलमार्गको सुरक्षाका लागि उपकरण वा कोषको रूपमा योगदान गर्न अपिल गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको हालको सैन्य कारबाहीको मुख्य उद्देश्य इरानले आणविक मिसाइल बनाउन सक्ने सम्पूर्ण सम्भावनाहरूलाई जरैदेखि समाप्त पार्नु रहेको बताएका छन्।

यसैबीच, उत्तरी इराकमा खसालिएको एउटा इरानी ड्रोन विष्फोट नभएको अवस्थामा नियन्त्रित रूपमा नष्ट गर्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको सेन्टकमले जनाएको छ। घटनामा अर्का एक सैनिक घाइते भएका छन्, जसको उपचार भइरहेको छ। योसँगै यस युद्धमा मारिने अमेरिकी सैनिकको सङ्ख्या १७ पुगेको छ।

आईआरजीसीले जोर्डन, कुवेत, ओमान लगायतका देशहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूमा भारी हमला गरेको दाबी गर्दै यो अभियान अझै जारी रहने चेतावनी दिएको छ।

कुवेतको विद्युत् उत्पादन र पानी प्रशोधन संयन्त्रमा लगातार दोस्रो दिन हमला भएको छ। हमलाका कारण कैयौँ विद्युत् उत्पादन एकाइहरूमा आगलागी भएको र राहत कार्य जारी रहेको त्यहाँको मन्त्रालयले जनाएको छ।

आईआरजीसीले कुवेतको अली अल–सलेम एयर बेसमा ड्रोन हमला गरी राडार सिस्टम र अमेरिकी एमक्यू–९ ड्रोन राखिएको ह्याङ्गर नष्ट गरेको दाबी गरेको छ। यता बहराइनमा एयर रेड सायरन बजाइएको छ भने त्यहाँस्थित अमेरिकी दूतावासले मनामाको मध्य क्षेत्रमा इरानले हमला गर्न सक्ने भन्दै अमेरिकी नागरिकहरूलाई सतर्क रहन सुरक्षा अलर्ट जारी गरेको छ।

इरानको आणविक ऊर्जा सङ्गठनले खुजेस्तान प्रान्तमा निर्माणाधीन ’डारखोविन आणविक ऊर्जा केन्द्र’ को साइटमा अमेरिकाले हमला गरेको आरोप लगाएको छ।

यसैबीच, अमेरिकी हमला र अत्यधिक गर्मीका बीच इरानमा विद्युत् सङ्कट गहिरिएको छ। राजधानी तेहरानसहित धेरै क्षेत्रमा दैनिक रूपमा भइरहेको लोडसेडिङले जनजीवन र पठनपाठन नराम्ररी प्रभावित भएको छ।

इराकले आफ्नो तेल निर्यातका लागि होर्मुज स्ट्रेटमाथिको निर्भरता कम गर्न बसरादेखि टर्की र सिरियासम्म नयाँ तेल पाइपलाइन बिछ्याउने योजनामा काम सुरु गरेको छ।

पूर्व अमेरिकी रक्षा अधिकारी माइकल मुलरयका अनुसार अमेरिका र इरान दुवैले एकअर्कालाई सम्झौता गर्न बाध्य पार्न सैन्य कारबाही बढाइरहेका छन्। अमेरिकाले इरानको आर्थिक मेरुदण्ड तोड्न पूर्वाधारहरूमा हमला गरिरहेको छ भने इरानले खाडी राष्ट्रहरूसँगको आफ्नो सम्बन्ध बिगारेरै भए पनि यसलाई ’अस्तित्वको लडाइँ’ मानेर खाडीमा रहेका अमेरिकी अखडाहरूमा प्रत्याक्रमण गरिरहेको छ।

 

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ट्रम्पको हत्या गर्ने ‘विशिष्ट’ योजना

२ हप्ता अगाडि
कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता

कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

सकियो नेपाल इको प्यानल साँंझ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक