काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल र संवाद भइरहेको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरूबीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताएका हुन्।
१५ औँ महाधिवेशनमा पार्टीका सबै सदस्यहरू सहभागी बन्ने सहज वातावरण बनाउन नेतृत्व र महामन्त्रीबीच सकारात्मक संवाद भइरहेको उनको भनाइ छ।
पार्टीभित्र भइरहेका यी छलफलहरूले सकारात्मक निष्कर्ष निकाल्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको शर्माले उल्लेख गरे।
उनले भने, ‘सभापति गगनकुमार थापा, सिङ्गो नेपाली कांग्रेस पार्टी र पार्टी नेतृत्वबीच नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण सहज बनाउने उद्देश्यले संवाद र छलफल भइरहेका छन्। ती संवाद तथा छलफल सकारात्मक ढङ्गले टुङ्गिनेछन् भन्नेमा हामी विश्वस्त छौँ।’


