सोम, साउन ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकपकाे यी फाइनल खेलले इतिहासमै परिवर्तन ल्यायाे

धारणा न्यूज by धारणा न्यूज
२१ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्वकपकाे यी फाइनल खेलले इतिहासमै परिवर्तन ल्यायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्वकप फाइनल खेल केवल उपाधि मात्रै हाेइन । कतिपय फाइनलले फुटबलको इतिहास नै परिवर्तन ल्याएकाे  छ ।

कुनै खेलमा विश्वकै महान् खेलाडीले आफ्नो विरासत स्थापित गरे भने कुनैमा असम्भव पुनरागमन गरेकाे इतिहासमा भेटिन्छ ।  कतै विवादित गोलले दशकौंसम्म बहस चलेकाे छ भने कतै पेनाल्टी सुटआउटले करोडौं समर्थकलाई रुवाएकाे छ ।

यही साेमबार हुन लागेकाे  अर्जेन्टिना र स्पेनबीच हुने २०२६ विश्वकप फाइनलअघि इतिहासमा सबैभन्दा स्मरणीय मानिएका केही फाइनलहरूको चर्चा यहाँ चर्चा गरिने छ । जुन यस प्रकार छ :

चार बर्षा अगाडि भएकाे कतार विश्वकप २०२२

याे बिश्वकप अहिले सम्मकै उत्कृष्ट विश्वकपकाे फाइनलकाे रूपमा फुटबल विश्लेषकहरूले हेरिएकाे छ ।  जसमा अर्जेन्टिनाले ३-३ फ्रान्सलाइ पेनाल्टीमा ४-२ पराजित गरेर तेश्राे पटक विश्वकप अर्जेन्टिनाले उचालिएकाे थियाे ।

लियोनल मेसीले अन्ततः विश्वकप जित्ने सपना पूरा गरे भने किलियन एमबाप्पेले विश्वकप फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बन्न सफल भयाे।

खेलकाे ८० मिनेटसम्म २-० ले पछि परेको अवस्थामा फ्रान्सले २ मिनेटमै बराबरी गर्‍यो । अतिरिक्त समयमा मेसीले गोल गरे, त्यसपछि एमबाप्पेले पुनः बराबरी गर्दै खेललाई पेनाल्टीमा पुर्‍याएकाे थियाे ।

टाइब्रेकरमा गोन्जालो मोन्टिएलले निर्णायक पेनाल्टी गोल गर्दै अर्जेन्टिनालाई ३६ वर्षपछि विश्व च्याम्पियन बनाए । गोलकिपर एमिलियानो मार्टिनेजले एक पेनाल्टी सेभ गरेका थिए ।

यो विश्वकप इतिहासकै पहिलो फाइनल थियो, जहाँ दुवै टोलीले अतिरिक्त समयमा गोल गरेका थिए ।

सन् १९७० : ब्राजिल ४-१ इटाली

धेरैले यसलाई ‘सर्वकालीन महान् टोली’ को प्रदर्शन मान्छन् ।

ब्राजिल र इटाली दुवै दुई–दुई पटकका विश्व विजेता थिए । मेक्सिको सिटीमा भएको फाइनल जित्दै ब्राजिल विश्वकप तीन पटक जित्ने पहिलो राष्ट्र बन्यो र जुल्स रिमे ट्रफी स्थायी रूपमा आफ्नो बनायो ।

पेलेले फाइनलमा गोल गरे भने जाइरजिन्हो, गर्सन र कार्लोस अल्बर्टो पनि स्कोरर बने । विशेषगरी कार्लोस अल्बर्टोको गोल विश्व फुटबल इतिहासकै उत्कृष्ट टोलीगत गोलमध्ये एक मानिएकाे छ ।

सन् १९८६ : अर्जेन्टिना ३-२ पश्चिम जर्मनी

याे विश्वकपमा अर्जेन्टिनाले दोस्रो विश्वकप जितेको थियाे ।

डिएगो म्याराडोनाको कप्तानीमा रहेकाे अर्जेन्टिना २-० ले अगाडि थियो । तर जर्मनीले लगातार दुई गोल गर्दै खेल बराबरीमा ल्यायो । खेल अतिरिक्त समयमा जाने संकेत देखिँदा म्याराडोनाको उत्कृष्ट पासमा होर्खे बुरुचागाले विजयी गोल गरे ।

म्याराडोनाले गोल नगरे पनि पूरै प्रतियोगिताजस्तै फाइनलमा पनि खेल नियन्त्रण गरेका थिए । यही प्रतियोगिताले उनलाई विश्व फुटबलका महानतम खेलाडीमध्ये एकका रूपमा स्थापित गर्‍यो ।

१९६६ : इंग्ल्यान्ड ४-२ पश्चिम जर्मनी (अतिरिक्त समय)

आजसम्म इंग्ल्यान्डले जितेको एकमात्र विश्वकप ।

यो पनि पढ्नुहोस्

एशियन चेसमा नेपालको सानदार शुरुवात

एशियन चेसमा नेपालको सानदार शुरुवात

२१ घण्टा अगाडि
एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी

एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी

२१ घण्टा अगाडि

वेम्ब्लीमा भएको फाइनल ९० मिनेटमा २-२ बराबरी भएपछि अतिरिक्त समयमा पुग्यो । त्यसपछि जेफ हर्स्टले दुई गोल थप्दै विश्वकप फाइनलमा ह्याट्रिक गर्ने इतिहासकै पहिलो र हालसम्मका एकमात्र खेलाडी बने ।

उनको दोस्रो गोल गोललाइन पार गरेको थियो कि थिएन भन्ने विवाद आजसम्म विश्व फुटबलकै सबैभन्दा चर्चित बहसमध्ये एक हो ।

सन् १९६६ को विश्वकप जितेको इंग्ल्यान्ड

सन् १९५४ : पश्चिम जर्मनी ३-२ हंगेरी

‘मिराकल अफ बर्न’ अर्थात् बर्नको चमत्कार ।

हंगेरी त्यस समय ३१ खेलदेखि अपराजित थियो र समूह चरणमा पश्चिम जर्मनीलाई ८-३ ले हराइसकेको थियो । फाइनलमा पनि हंगेरी आठ मिनेटभित्रै २-० ले अगाडि बढ्यो ।

तर पश्चिम जर्मनीले अविश्वसनीय पुनरागमन गर्दै ३-२ ले जित निकाल्यो । विश्व फुटबल इतिहासकै सबैभन्दा ठूलो पुनरागमनमध्ये एक मानिने यो जितले जर्मन फुटबलको नयाँ युग सुरु गराएको थियो ।

सन् २०१४ : जर्मनी १-० अर्जेन्टिना (अतिरिक्त समय)

ब्राजिलमा भएको सन २०१४ को विश्वकप फाइनल अत्यन्तै रणनीतिक र प्रतिस्पर्धात्मक रह्यो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट अवसरहरू गुमाएका थिए । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि  खेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त समयको पनि ११३औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मारियो गोट्जेले आन्द्रे शुर्लेको क्रसलाई उत्कृष्ट रूपमा नियन्त्रण गर्दै गोल गरे र जर्मनीलाई चौथो विश्वकप उपाधि दिलाए ।

दक्षिण अमेरिकी भूमिमा युरोपेली टोलीले विश्वकप जितेको यो पहिलोपटक थियो ।

यसपटककाे विश्वकपमा के होला ?

सोमबार बिहान हुने अर्जेन्टिना र स्पेनबीचको फाइनल पनि इतिहासमा स्थान बनाउन तयार छ । एकातिर लगातार दोस्रो विश्वकप जित्ने अर्जेन्टिनाको लक्ष्य छ भने अर्कोतिर १६ वर्षपछि पुनः विश्व च्याम्पियन बन्ने स्पेनको सपना ।

३९ वर्षीय लियोनल मेसीको सम्भावित अन्तिम विश्वकप खेल, लामिन यमालजस्ता उदाउँदो प्रतिभा र दुई फरक फुटबल दर्शनबीचको भिडन्तले यो फाइनललाई पनि भविष्यमा ‘महान् विश्वकप फाइनल’ हरूको सूचीमा राख्ने सम्भावना निकै बलियो बनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एशियन चेसमा नेपालको सानदार शुरुवात

पोखरामा शृंखलाबद्ध चोरीका घटना सार्वजनिक

उपत्यकाकाे नाकामा विशेष सावधानी अपनाउन आग्रह

विश्वकपकाे यी फाइनल खेलले इतिहासमै परिवर्तन ल्यायाे

एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक