शुक्र, साउन १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशभर तीन महिने डेंगु सचेतना अभियान सञ्चालन

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
 सुदूरपश्चिममा दुई हजार बढीलाई डेङ्गु सङ्क्रमण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । आजदेखि डेंगु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले  सरकारले देशभर तीन महिने डेंगु सचेतना अभियान सञ्चालन गरेको छ।

साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने अभियानमार्फत डेंगु रोगको रोकथाम, नियन्त्रण र जनचेतना अभिवृद्धिमा विशेष जोड दिइनेछ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिँदै डेंगु नियन्त्रणसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।

मन्त्रालयका अनुसार अभियान स्थानीय तहको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संगठन तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी सञ्चालन गरिनेछ। यसको मुख्य उद्देश्य डेंगु सार्ने लामखुट्टेको प्रजननस्थल नष्ट गर्नुका साथै समुदायमा रोगबारे सचेतना अभिवृद्धि गर्नु हो।

अभियानअन्तर्गत प्रत्येक शुक्रबार ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ। यस क्रममा सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय तथा सामुदायिक क्षेत्रहरूमा लामखुट्टेको प्रजननस्थल पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन हुनेछ।

त्यसैगरी स्थानीय तहहरूले कम्तीमा हप्तामा एक दिन समुदायको सक्रिय सहभागितामा ‘लामखुट्टेको प्रजननस्थल खोज तथा नष्ट अभियान’ सञ्चालन गर्नुपर्नेछ। साथै डेंगु नियन्त्रणका लागि विभिन्न निकायबीच समन्वय सुदृढ गर्दै अटो वर्कसप, ग्यारेज, कवाडी सामग्री भण्डारण स्थल, निर्माणाधीन भवन तथा पानी जम्न सक्ने अन्य स्थानहरूको नियमित अनुगमन गरी पानीको उचित निकास र व्यवस्थापन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

सातै प्रदेशमा ‘बर्न’ उपचार केन्द्र स्थापना अघि बढाउन निर्देशन

३ दिन अगाडि
प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा

स्मार्ट लाइसेन्स छपाइ कार्य सम्पन्न

मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

आजदेखि साउने संक्रान्ति पर्व सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक