बुध, असार ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रिमियरमा ‘गौँथली’ हेरहेकाले भने– ढुक्क हुनुस् सिनेमा चल्छ 

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रिमियरमा ‘गौँथली’ हेरहेकाले भने– ढुक्क हुनुस् सिनेमा चल्छ 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चलचित्र ‘गौँथली’ प्रिमियरमा रुचाइएको छ । सोमबार सिभिल महलमा भएको प्रिमियरमा चलचित्र हेर्नेले मुक्तकण्डले प्रशंसा गरेका छन् ।

नेपाली समाजको यथार्थ कथा भन्दै सिनेमा हेर्नेले चलचित्रको तारिफ गरेका छन् । २०६० को दशकभन्दा अगाडि नेपाली ग्रामिण समाजमा अधिकांश महिलाले भोगेको कथा चलचित्रले उठाएको भन्दै सिनेमाले प्रशंशा बटुलेको छ ।

जानेर/नजानेर सासुले बुहारीमाथि गर्ने व्यवहारलाई सिनेमाले उठाएको र त्यसले घर र जीवनमा पार्ने प्रभावलाई सिनेमामा मिठोसँग देखाइएको भन्दै निर्देशकको तारिफ गरिएको छ ।

चलचित्र हेर्नेहरूले पूरा अवधी ‘गौँथली’ले दर्शकलाई बाँधेर राख्ने बताएका छन् । २ घण्टा २० मिनेट सिनेमा हेरुन्जेल कहीँ कतै झिँझो नलाग्ने र दर्शकलाई अल्छी नलाग्ने भन्दै निर्देशकको तारिफ प्रिमियरमा पुग्नेले गरेका छन् ।

नेपाली समाजको केही समय अगाडिको वास्तविकतालाई टपक्क टिपेर अहिलेका दर्शकमाझ ल्याइदिएको भन्दै सिनेका हेर्न पुगेका कलाकार तथा अन्य क्षेत्रका व्यक्तिहरूले लेखक तथा निर्देशकको खुलेर तारिफ गरेका छन् ।

चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काले गरेको अभिनयको पनि प्रिमियरमा सिनेका हेर्ने सबैले तारिफ गरेका छन् । अटिजम भएको व्यक्तिको भूमिका निर्वाह गरेका अरुण र बुहारीको भूमिकामा रहेकी सिम्रनको कामको सबैले तारिफ गरेका हुन् ।

चलचित्र हेर्न अग्रजदेखि नयाँ पुस्ताका कलाकारसम्म पुगेका थिए । कलाकारहरू कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी, पत्रकार प्रकाश सुवेदीलगात थुप्रै चिरपरिचित अनुहारहरू प्रिमियरमा पुगेका थिए । उनीहरूले तत्कालीन नेपाली समाजको अनुहार चलचित्रले उतारेकाले सिनेमा चल्नेमा ढुक्क रहन निर्माण टिमलाई आग्रह गरेका छन् ।

कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनको तयारीमा छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।

फोटो : विवेक बस्याल

यो पनि पढ्नुहोस्

कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

२ दिन अगाडि
चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

थारु भाषामा याेगदान पुर्याए बापत इन्द्र चौधरी सम्मानित

‘मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग

संघीय संसद बैठक आज बस्दै

अन्तरिम आदेश उल्लंघन अदालतको अवहेलना गरेको भन्दै निवेदन

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक