बुध, असार ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

थारु भाषामा याेगदान पुर्याए बापत इन्द्र चौधरी सम्मानित

धारणा न्यूज by धारणा न्यूज
१२ घण्टा अगाडि
0
थारु भाषामा याेगदान पुर्याए बापत इन्द्र चौधरी सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । थारु भाषा तथा लोकसंस्कृतिका क्षेत्रमा अध्ययन, अनुसन्धान गर्दै आएका इन्द्र चौधरी पुरस्कृत तथा सम्मानित भएका छन्।

सोमबार २१३औं भानुजयन्तीको अवसरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रादेशिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनलाई उक्त सम्मान गरिएको हो। प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको साे सम्मान तथा पुरस्कार यस वर्ष चौधरीलाई प्रदान गरेको हो।

प्रतिष्ठानका अनुसार नेपाली तथा थारु भाषा र संस्कृतिको क्षेत्रमा समर्पित भई योगदान गरेको उच्च मूल्यांकन गरी कदरस्वरुप संस्कृति विधातर्फ नगद रु.पचास हजारसहित स्रष्टा सम्मान तथा पुरस्कार २०८२ बाट उनलाई सम्मान गरिएको हो। सम्मान तथा पुरस्कार पाएका चौधरीले यो पुरस्कारले अझै धेरै हौसला प्रदान गरेको जनाए । उनले भने,‘यो मेरो लागि पुरस्कार मात्र होइन आगामी दिनमा अझै थारु भाषा, साहित्य तथा संस्कृतिको उजागरका हौसला हो,’उनले थपे,‘म सुदूरपश्चिमका लोकसंस्कृति तथा भाषा साहित्यलाई प्रबद्र्धनमा निरन्तर लागिरहने छु।

जसले सुदूरपश्चिमको पहिचान त दिन्छ नै यसले सिंगो नेपाली साहित्यलाई पनि समृद्ध बनाउनमा पक्कै पनि एक इँटा भए पनि थप्नेछ भन्ने विश्वास लिएको छु।’ चौधरीसँगै समारोहमा भाषासाहित्यतर्फ मीना पन्त, संगीतर्फ ध्वजबहादुर महरा र ललितकलातर्फ योगेन्द्र बम नगदसहित सम्मानित तथा पुरस्कृत भएका थिए। कार्यक्रममा शिक्षा एवम् साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेवापत् सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार डा.हेमराज पन्त र प्रा.डा.टेकराज पन्त र उपप्राध्यापक डा.दीपकचन्द्र भट्ट अभिनन्दि भए। त्यसैगरी, कार्यक्रममा सम्मानित भएका अन्य स्रष्टामा सौगात ओझा, पूर्णबहादुर मल्ल, कमल भण्डारी संघर्ष र गुरुदास विश्वकर्मा रहेका थिए।

यो सँगै कार्यक्रममा दिननाथ बरालका दुई कृति पनि लोकर्पण भएका थिए। बटुकहरुद्वारा स्वस्तिवाचन गरी प्रारम्भ भएको कार्यक्रमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना प्रमुख अतिथिका रूपमा रहेका थिए भने आर्थिक मामिलामन्त्री विक्रमसिंह धामी र सामाजिक विकास राज्यमन्त्री मधु भारती विशिष्ट अतिथिको रूपमा रहेका थिए। प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यतामा सम्पन्न कार्यक्रममा उपकुलपति सरस्वती दाहालले कार्यक्रममा स्वागत मन्तव्य दिएकी थिइन् भने प्रेमबहादुर चन्दले कार्यक्रम सञ्चालन गरेका थिए।

यो पनि पढ्नुहोस्

उपत्यकामा आठ सय ग्रामलाई एक किलो भनेर सामान बेचबिखन

उपत्यकामा आठ सय ग्रामलाई एक किलो भनेर सामान बेचबिखन

१० घण्टा अगाडि
टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

थारु भाषामा याेगदान पुर्याए बापत इन्द्र चौधरी सम्मानित

‘मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग

संघीय संसद बैठक आज बस्दै

अन्तरिम आदेश उल्लंघन अदालतको अवहेलना गरेको भन्दै निवेदन

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक