मङ्ल, असार २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सही तर अपर्याप्त कम्युनिष्टहरुको त्यो साझा बिश्व निष्कर्श

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

—लोकनारायण सुबेदी
पोर्चुगलको राजधानी लिस्वनमा आजभन्दा १३ बर्ष अघि २०१३ को नोभेम्बर ८ देखि १० सम्म सम्पन्न कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुाको १५औं अन्तर्राष्ट्रिय संयुक्त बैठकका साझा निष्कर्शहरु अहिले पनि उत्तिकै सामयिक र सान्दर्भिक रहेका छन् । त्यस बैठकमा बिशद छलफल गरिएका महत्वपूर्ण र सान्दर्भिक बिषय बस्तुहरुमा पूँजीवादको गहिरिदो संकट, श्रमजीवी बर्ग र कम्युनिष्टहरुको भूमिका, श्रमजीवी बर्ग तथा जनताका अधिकारहरुका निम्तिको संघर्षका बिभिन्न कदमहरु, साम्राज्यवादको आक्रमण र अन्तर्राष्ट्रिय शक्तिहरुको पुर्नसंयोजन, राष्ट्रिय प्रश्न, तथा बर्गीय मुक्ति र समाजवादका लागि संघर्ष जस्ता बर्तमान बिश्वका अत्यन्तै महत्वका साझा अन्तर्राष्ट्रिय बिषहरु थिए ।
त्यस संयुक्त बैठकमा बिश्वका ६१ देशका ७७ पार्टीहरु सहभागी थिए भने त्यतिबेला बैठकमा बिभिन्न कारणले सहभागी हुन नसकेका थप १४ पार्टीहरुले शुभ कामना सन्देश पठाएर त्यो महत्वपूर्ण बैठकको सफलताको कामना गर्दै ऐक्यविद्धता जनाएका थिए । बैठकले अरु पनि महत्वपूर्ण बिषयमा छलफल गर्नुकासाथै मूलतः पूँजीवादको अझ गहिरिदो संकट र बिश्व स्तरका शक्तिहरुको जटील पुनसंयोजनका कारणले उत्पन्न हुने साम्राज्यवादी आक्रमणका बारेमा निकै गम्भीरतापूर्वक निकै गम्भीर र गहन बिश्लेषण गरेको थियो ।
यसका अतिरिक्त त्यो संयुक्त बिश्व बैठकले बिश्वका श्रमजीवी जनताले चलाइरहेको प्रतिरोध र संघर्षलाई उच्च सम्मानकासाथ सलाम गरेको थियो भने मुक्ति आन्दोलनको बर्तमान अबस्थाको वास्तविकताालई ठम्याएको थियो । बिश्वमा चलिरहेको एकाधिकार र साम्राज्यवाद बिरोधी बर्तमान आन्दोलनको दिशामा आएको ब्यापक परिवर्तन र त्यसले समाजवादी आन्दोलनलाई पुग्ने योगदानको बारेमा पनि त्यहाँ चर्चा गरिएको थियो ।
बैठकले बिशेष गरी लेमन बद्रर्सको कंगालीकरणसँगै २००८ उत्पन्न बिस्फोटक मन्दीको स्थितिबाट उत्पन्न संकटका बारेमा उल्लेख गर्दै त्यसको प्रकृति र प्रबृत्तिले त्यो संकट पूँजीवादीहरुले भन्ने गरेजस्तो टर्दै र समाधान हुदै गएको नभई कम्युनिष्टहरुले भने जस्तो अति उत्पादन र पूँजीको अति केन्द्रिकणको संकटकै पुष्टी गरेको औंंल्याएको थियो । यो संकटले वास्तवमा पूजीवादी अन्तरबिरोध अझ चर्केको र त्यो पूँजीवाद भित्रको उत्पादनको समाजिकीकरणको चरित्र र पूजीको अति केन्द्रिकणको तीब्र अन्तरबिरोधलाई नै दर्शाएको प्रष्ट पारेको थियो । यसले पूँजीवादको ऐतिहासि सीमितता र पूँजीवादबाट समाजवादको बिकल्पमा जाने संघर्षको सामयकि बिकल्प पनि अथ्र्याएको थियो ।

त्यस बेठकले मूख्य साम्राज्यवादी शक्तिहरुको ठूलो पूँजी र तिनको अन्तर्राष्ट्रिय र केन्द्रित राष्ट्रइतर संरचनाको सम्यताको बिकासले दिएका सामाजिक, आर्थिक र श्रमिक अधिकारहरुमाथिको हस्तक्षेपकारी कटौति गरेर जनताको जीवन यापन र जीवनस्तरमा पारिरहेको गम्भीर संकट यसरी जनता र राष्ट्रको स्वाधीनता र स्वतन्त्रतामाथि थोपरिरहको र गरिदै गरेको युद्धको घोषणाको भत्र्सना गरेको थियो । यो बैठकले खाशगरी पूँजीवादका यस्ता कदमले बिकासशील देशहरुका बहुसंख्यक जन साधारणमाथि थोपर्दै लगेका गलत कदमहरुको उल्लेख गर्दै तिनका आर्थिक सामाजिक अधिकार कटौति गरिएको कुरालाई बिशेष जोडकासाथ उल्लेख गरेको थियो ।
संयुक्त त्यस बैठकले मूख्य साम्राज्यवादी शक्तिहरु र नाटोको बढ्दो सैनिकीकरण, युद्ध पिपासा र अरु देशहरुको सार्वभौमिकता र अखण्डतामाथिको बढ्दो हस्तक्षेपको बिशेष उल्लेख गर्दै यसले दमनकारी शक्तिहरु संगठित हुदै र आक्रमणलाई बढाउदै लगेको र त्यसबाट पूँजीवादमा आएको संकटलाई अर्कोतिर मोड्ने असफल प्रयास गरिरहेको यथार्थ औंल्याएको छ र यस क्रममा बिकासशील र अल्पबिकसित देशहरुका श्रोत साधनलाई एक वा अर्को किसिमले नियन्त्रण गर्ने बाटो लिएको दर्शाएको थियो । यस स्थितिले गर्दा सामाजिक र जन क्रान्ति बिश्वब्यापीरुपमा पूनः टड्कारो बन्दै जाने कुरा पनि प्रष्ट पारेको थियो ।

साम्राज्यवादी प्रभाव, दबाव र हस्तक्षेपका यस्ता घटना बिरुद्ध चलिरहेका र बिकसित हुदै गएका बिश्वभरीका आन्दोलनहरुप्रति ऐक्यबद्धता जनाउदै सहभागी कम्युनिष्ट पार्टीहरुले शान्ति,सामाजिक समृद्धि, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको दख्खल हस्तक्षेपको जोडदार बिरोध जनाउनकासाथै पूँजीवादको यो चौतर्फी बर्बरताका बिकल्प फेरि वनि बैज्ञानिक समाजवाद नै हो भन्ने कुरा औंल्याए थिए । यस क्रममा उनीहरुले पूजीवादी एकातिधार, शोषण र जनबिरोधी बर्बरताका बिरुद्ध बिश्वभरीका श्रमजीवी जनता तिनका सहयोगी सबै तह र तप्काका मित्रशक्तिहरुको मोर्चा र एकतामा आवश्यकता अझ बढ्न गएको औल्याउदै ती श्रमजीवी जानताका सबै तह र तप्काका हक हित खाशगरी रोजगारी, श्रम तथा सामाजिक अधिकार तथा राज्यहरुको सामाजिक भूमिकाका पक्षमा सर्बाधिक जोड दिइएको थियो ।
सहभागी सबैले त्यस बैठकमा मूलतः साम्राज्यवादी दख्खल हस्तक्षेपका बिरुद्ध र खाशगरी मध्यपूर्वका जनताको संघर्षप्रति ऐक्यबद्धता जनाए भने त्यो क्षेत्रमा भइरहेका सबै किसिमका साम्राज्यवाद बिरोधी संघर्ष खाशगरी राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, समाजिक न्याय र राष्ट्रिय एकताका लागिका संघर्ष र बिशेषतः त्यतिबेला इजिप्ट र ट्युनिशियामा चलेका त्यस्ता संघर्षप्रति उच्च सम्मान प्रकट गरेका थिए भने त्यस क्षेत्रमा चलिरहेका पेलेस्टाइनीहरु र सीरियाली जनताको संघर्षप्रति पनि बिशेष ऐक्यबद्धता जनाएको थियो ।
एउटा खाश ढाँचाभित्रका निरन्तरका प्रतिरोध र शक्तिहरुको एकत्रिकरणका अतिरिक्त बिश्वका बिभिन्न क्षेत्रमा साम्राज्यवादी हैकम र हस्तक्षेप बिरोधी क्रान्तिकारी संघर्षहरुको जुन महत्वपूर्ण बिकास हुँदै आएको छ ती संघर्षहरुप्रति पनि बैठकले उच्च मूल्यांकन गर्दै बिश्वभरीका कम्युनिष्ट तथा अरु प्रगतिशील शक्तिहरुको खाशगरी ल्याटिन अमेरिकी जनताको संघर्षहरुप्रति सम्मान प्रकट गरेको थियो र ती संघर्षहरुमा बिकसित भएको पारस्परिक सहयोग र ऐक्यवद्धतालाई उल्ल्ेखनीय भन्दै सम्मान जनाएको थियो र ती प्रेरणादायी छन् भनेको थियो । त्यस बिश्व बैठक सहभागीहरुले क्यूवाको प्रतिरोध र यसको समाजवादीकरणका साथै भेनेजुएल र बोलिभियाका जनताको संघर्षलाई पनि सलाम ब्यक्त गरेको थियो ।
निकै गम्भीरतााकसाथ त्यो बैठकले लोकतान्त्रिक स्वतन्त्रताका लागिको संघर्षहरु, दक्षिणपन्थीहरुको बढ्दो प्रभाव बिरुद्धको संघर्ष, जातिबाद, धार्मिक कट्टरता र पाखण्ड, तथा कम्युनिष्ट बिरोधी शक्तिहरुका गतिबिधिहरुका बिरुद्धको संघर्षको बिशेष उल्लेख गर्दै तिनलाई सुदृढ र ब्यापक बनाउनु पर्ने आवश्यकता पनि औंल्याएको थियो । त्यो बैठकले खाशगरी यूरोपेली महाद्विपमा भइरहेका बिभिन्न सरकार र संस्थाहरुका कम्युनिष्ट बिरोधी हर्कत, दमन र अभियानहरुको उल्लेख गर्दै तिनका बिरुद्ध कम्युनिष्ट तथा अन्य क्रान्तिकारी जन समुदायको सघर्षप्रति एकताको भावना जाहेर गरेको थियो ।
त्यतिबेलाका बिश्वभरीका प्रगतिशील संघर्षहरुका ठोस अनुभवहरुले साम्राज्यवादको बढ्दो दख्खल हस्तक्षेप र प्रभूत्व तथा जनतामाथि भइरहेका बिभिन्न किसिमका दमन र उत्पीडनका बिरुद्ध संघर्षहरुलाई अघि बढाउन र अझ सुदृढ तुल्याउन तथा यसरी बिश्व एकाधिकारबादी पूँजीवादका बिरुद्धको संघर्षलाई अघि बढाउन सकिने निष्कर्श निकालेको थियो र वास्तवमा समाजवाद नै पूँजीवादी संकटबाट मुक्तिको एक मात्र सही बिकल्प हो भन्ने कुराको पुनर्पुष्टी गर्दै तर बिगतमा र अहिले पनि समाजवादी सिद्धान्त र ब्यवहारका बारेमा जस्तो किसिमले तोडमोड गरिएका छन्, जस्ता किसिमका गम्भीर गल्तीहरु दोहोर्याएका छन् र जसरी समाजवादी आन्दोलनलाई शिथिल र दिशाहीन तुल्याउने खालका गम्भीर गतिबिधि भइरहेका छन् तिनबाट उचित शिक्षा लिएर अघि बढ्न सक्दा मात्र समाजबादका मानबीय, बिश्वब्यापी उपलब्धीहरु, समाजवादी प्रणाली र तिनको औचित्यता र आवश्कयताको पुनर्पुष्टी गर्दै अघि बढ्न सकिने निकै गम्भीर आलोचनात्मक सार पनि बैठकले खिचेको थियो । बैठकले क्रान्तिको कुनै एउटै मोडेल या नमूना हुँदैन भन्ने प्रष्ट उल्लेख गर्दै समाजवादी क्रान्ति, समाजवाद निर्माण र त्यसको ब्यवस्थापनमा जनताको भूमिका नै निर्णायक हुन्छ भन्ने कुरालाई बिशेषरुपमा दोहोर्याएको थियो ।
माथि उल्लिखित निष्कर्शकासाथ बर्तमान अन्तर्राष्ट्रिय स्थितिको परिप्रेक्षमा बिश्वभरीका कम्युनिष्ट तथा श्रमजीवी जन समुदायकासाथै साम्राज्यवाद बिरोधी प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरुको ऐक्यवद्धता पारस्परिक सहयोग नै त्यस्तो शक्ति समाजवाद नै हो र तयो एउटा अजेय बिकल्प हो भन्ने कुरालाई चरितार्थ गर्दछ र गर्न सक्दछ भन्ने निष्कर्श बैठकले निकालेको थियो । यसका लागि निरन्तर बिश्वका बद्लिदा गतिबिधिहरुलाई हेर्ने, केलाउने, परस्पर यस्ता अन्तरक्रिया गर्ने, बिचारहरुको आदान प्रदान गर्ने र क्रान्तिारी गतिबिधिहरुलाई अघि बढाउन हर तरहले लाग्ने बताइएको थियो । यसका लागि बैठकले बिश्व समाजवादी आन्दोलनलाई अघि बढाउन बिभिन्न नीति र बिभिन्न कदमहरुको अबलम्बन गर्ने तिनलाई ब्यवहारमा खरो उतार्ने महत्वपूर्ण निर्णय पनि लिएको थियो । तर आफ्नो बिश्व प्रभूत्व र बर्चश्वका लागि आजको ‘हाईपर–साम्राज्यबाद’ले ती निष्कर्शहरु मा आज पनि उत्तिकै सामयिक भए पनि पर्यात भने छैनन भन्ने दर्शाइरहेको छ ।
यस सम्वन्धमा बिश्वको त्रिमाहादेशीय सामाजिक अनुसन्धान संस्थानका निर्देशक भारतका बिजय प्रसादले भनेका छन् कि हाइपर इम्पेरियलिज्म भनेको साम्रज्यबादी अमेरिकाको प्रभूत्वमा बिकसित भएको एउटा खतरनाक आक्रामक र पत्तनशील साम्राज्यबादको नयाँ चरण हो । यसले भू–राजनीतिक गतिशीलता र गोबल साउथले सामना गरिरहेका बिश्वका चूनौतिहरुमाथि महत्वपूर्ण अन्तरदृष्टि प्रदान गर्दछ । कथित ड्रग आतंकबादको झूटो आरोपमा गएको जनवारीमा भेनेजुएलामाथिको आक्रमण र त्यहाँ राष्ट्रपति मदुरो र उनकी पत्नी सिसिलिया फ्लोरेसको अपहरण र बन्दी बनाउने कार्य हाइपर–साम्राज्यबादको आक्रामकता, क्रूरता र अमानबीयताको एउटा प्रत्यक्ष उदाहरण हो । यसले ग्लोबल नर्थको पत्तनबाट उत्पन्न प्रणालीगत यस्ता समस्याहरु समाधान गर्न समाजबादी बिकल्पको अझ बढी आवश्यक रहेको यथार्थलाई नै अझ बढी जोडदिन्छ ।

यो पनि पढ्नुहोस्

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

४ घण्टा अगाडि
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

विश्वकपमा स्पेन क्वार्टरफाइनल प्रवेश

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा स्पेन क्वार्टरफाइनल प्रवेश

जयवीरलाई बयानका लागि पत्र काट्याे

आदिकवि भानुभक्त आचार्यको विविध कार्यक्रमसहित मनाइने

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक