मङ्ल, असार २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
0
चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ ।

परीक्षणअघि नै क्षेत्रका केही राष्ट्रलाई जानकारी गराइएको भए पनि यस कदमले जापानसहितका देशहरूको चिन्ता बढाएको छ र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु भएको छ ।

चिनियाँ नौसेनाका प्रवक्ता वाङ सुएमेङका अनुसार स्थानीय समयअनुसार दिउँसो १२ः०१ बजे पिपुल्स लिबरेसन आर्मी नेभीको रणनीतिक आणविक पनडुब्बीबाट प्रशिक्षण प्रयोजनका लागि सिमुलेटेड वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो ।

क्षेप्यास्त्र तोकिएको समुद्री क्षेत्रमा सफलतापूर्वक खसेको उनले बताए। यो चीनको वार्षिक सैन्य प्रशिक्षण कार्यक्रमअन्तर्गतको नियमित अभ्यास भएको र सम्बन्धित राष्ट्रहरूलाई पूर्वसूचना दिइएको पनि उनको भनाइ छ ।

प्रक्षेपण भएको दिन नै चीन र रुसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङदाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि सुरु गरेका छन् । यद्यपि उक्त क्षेप्यास्त्र परीक्षण संयुक्त अभ्यासकै हिस्सा थियो वा थिएन भन्नेबारे बेइजिङले स्पष्ट पारेको छैन ।

जापानले भने परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको जनाएको छ । पपुवा न्यू गिनीका विदेशमन्त्री जस्टिन टाकाचेन्कोले आफूलाई चिनियाँ राजदूतमार्फत परीक्षणबारे अग्रिम जानकारी दिइएको पुष्टि गरे । न्युजिल्यान्ड सरकारको एक स्रोतले पनि चीनले सम्भावित अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणबारे जानकारी गराएको बताएको छ, यद्यपि क्षेप्यास्त्र खस्ने स्थान खुलाइएको थिएन ।

बेइजिङले पछिल्ला वर्षहरूमा आणविक हतियार र सैन्य क्षमता तीव्र रूपमा विस्तार गर्दै आएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार सन् २०२३ सम्म चीनसँग ५०० भन्दा बढी आणविक हतियार थिए भने सन् २०३० सम्म त्यो सङ्ख्या एक हजारभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ ।

यसअघि सेप्टेम्बर २०२४ मा चीनको रकेट फोर्सले फ्रेन्च पोलिनेसिया नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा डमी वारहेडसहित लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । यो चार दशकभन्दा बढी अवधिपछि गरिएको पहिलो यस्ता प्रकारको परीक्षण थियो । विश्लेषकहरूले त्यसबेला थर्मोन्युक्लियर वारहेड बोक्न सक्ने डोङ फेङ–३१ क्षेप्यास्त्र प्रयोग गरिएको अनुमान गरेका थिए ।

गत महिना सार्वजनिक भएको न्युजिल्यान्डको रक्षा बलको आन्तरिक दस्तावेजले पनि प्रशान्त क्षेत्रमा चीनको नौसैनिक गतिविधि र ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण अब नियमित बन्दै जाने चेतावनी दिएको थियो ।

दोस्रो विश्वयुद्धपछि यही क्षेत्रमा भएका आणविक परीक्षणले प्रशान्त टापु राष्ट्रहरूमा गहिरो असर छोडेकाले चीनको बढ्दो सैन्य गतिविधिलाई उनीहरूले विशेष चासोका साथ हेरिरहेका छन् ।

यद्यपि चीनले अस्पताल, सडक र खेलकुद पूर्वाधारजस्ता विकास परियोजनामार्फत पनि प्रशान्त टापु राष्ट्रहरूसँग आफ्नो प्रभाव विस्तार गर्ने प्रयासलाई निरन्तरता दिइरहेको छ ।

यो पनि पढ्नुहोस्

रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ जना पुग्याे

रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ जना पुग्याे

२ घण्टा अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा स्पेन क्वार्टरफाइनल प्रवेश

जयवीरलाई बयानका लागि पत्र काट्याे

आदिकवि भानुभक्त आचार्यको विविध कार्यक्रमसहित मनाइने

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक