सोम, असार २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिप्रति स्वागत

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिप्रति स्वागत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पतिमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिको स्वागत गरे । भ्रष्टाचार गर्ने जुनसुकै दलको होस्, जुनसुकै पदमा रहेको होस् कानुनको दायरामा आउनुपर्ने उनले जनाए ।

प्रधानमन्त्री बालेन लगायत सत्तापक्षका नेताले ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण भएन भनिरहेको उनले स्मरण गरे । यहाँनेर उनले प्रधानमन्त्री बालेनले सार्वजनिक गरेको सम्पति विवरणको विषय उठाएका हुन् ।

‘प्रधानमन्त्रीजीको सम्पतिमा झण्डै दुई सय तोला सुन देखियो । अन्य मन्त्रिपरिषद्का सदस्यहरूको त्यस्तै धेरै देखियो । उहाँहरुको सम्पति विवरण सार्वजनिक भएको छ’ उनले भने । सम्पति किन आर्जन गर्नुभयो भनेर नसोध्ने उनले जनाए । ‘यद्यपि नेपाली कांग्रेस किन सम्पति आर्जन गर्नुभयो, किन जम्मा गर्नुभयो यो सोध्नैन, खोज्दैन पनि । तर सुन आर्जनको स्रोत के हो ? यो जनताले जान्न पाउनुपर्छ ।’

सार्वजनिक जीवन यापन गर्ने कुर्न पनि पदाधिकारीले, कुनै पनि व्यक्तिले आफ्नो सम्पतिको स्रोत खुलाउनुपर्ने उनले जनाए। यो सबैको निम्ति भएको भन्दै उनले थपे, ‘त्यो स्रोत के हो ? हामी सोध्छौं । यो सोध्ने विपक्षीको उत्तरदायीत्व पनि हो । हाम्रो जिम्मेवारी पनि हो ।’ यो जिम्मेवारी निर्वाह गरिरहने उनले जनाए ।

आफूहरूको मूल चासो भ्रष्टाचार नियन्त्रण गर्नु रहेको उनले दोहोर्‍याए । साथै सरकारले सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिको सम्पति छानबिन गर्न बनाएको समितिको पनि स्मरण गरे । उनले भने, ‘सम्पतिको छानबिन सुरुवात म विपक्षी दलको नेता हो । मेरो नाम भीष्मराज आङदाम्बे हो । मै बाट सुरु गरौं । र प्रधानमन्त्रीजीबाट सुरु गरौं । हामीबाट सुरु गरौं । हाम्रो सम्पतिको छानबिनको सुरुवात हामीबाट सुरु होस् ।’

आफ्नो पाँचथरको भएको र पाँचथरमा सम्पति रहेको भनेर त्यसको पनि छानबिन गर्न आग्रह गरे । आङदाम्बेले अगाडि थपे, ‘र उहाँ (प्रधानमन्त्री)को पनि छानबिन होस् ।’

प्रधानमन्त्रीले आर्जन गरेको सम्पति अवैध भएको भन्ने आफूलाई नलागेको तर जनताले सोधेको उनले बताए । ‘जनताले सोधिरहनु भएको छ आम्मामा यति धेरै सुन (प्रधानमन्त्रीको) कहाँबाट आयो ? छक्क परिराख्नु भएको छ । सोधिराख्नुभएको छ त्यसको स्रोत के हो ?’ जनताले सोधेका यस्ता प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले जनतालाई दिनुपर्ने विपक्षी दलका नेता आङदाम्बेको आग्रह छ । सम्पति छानबिनको सुरुवात आफूबाट आफू तयार भएको भन्दै उनले प्रधानमन्त्री बालेन तयार हो वा होइन भनेर प्रश्न गरे । आफूलाई कानुन भन्दा माथि राखेर अरुमाथि चयनात्मक रुपमा सम्पति छानबिन गर्न नहुने उनले आग्रह गरे ।

भ्रष्टाचारमाथिको छानबिन निश्पक्ष हुनुपर्ने र यस निम्ति प्रधानमन्त्री स्वयम तयार हुनुपर्ने उनको आग्रह छ । साथै, यो विषयमा आवश्यक कानुन समेत चाहिने उनले जनाए । कानुनभन्दा बाहिर गएर सम्पति छानबिन हुन नहुने उनको आग्रह छ ।

यो पनि पढ्नुहोस्

संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने

संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने

४४ मिनेट अगाडि
सांसदद्वारा सरकारलाई  उठाइएका विषयमा जवाफ दिन निर्देशन

सांसदद्वारा सरकारलाई उठाइएका विषयमा जवाफ दिन निर्देशन

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक