सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल सरकारले योग, आयुर्वेद तथा प्रकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । शनिवार राजधानीको संवाद डबलीमा योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित कार्यक्रमका वक्ताहरुले डा.चेतना पौडेललाई अनावश्यक विवादमा तानेकोसमेत आरोप लगाएका छन् ।

९ औं राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा आयोजति सो कार्यक्रममा संघका अध्यक्ष डा.जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई राज्यले प्राथमिकता नदिएको बताए । विश्वभरी भ्रवावकारी बन्दै गइरहेको बेला नेपालमा यो चिकित्सा ओझलमा पर्नु दुर्भाग्य रहेको डा.बस्नेतको कथन छ । “पछिल्लो समयमा अत्याधिक रोगिहरु बढ्दै जानुमा राज्यकै नजरमा प्राकृतिक चिकित्साप्रतिको बुझाईमा अस्पष्टताले समस्या बढिरहेको छ” डा.बस्नेतले भने ।

डा.चेतना पौडेलको गिरफ्तारी र राज्यको अनुसन्धान प्रक्रिया प्राकृतिक चिकित्सामाथिको प्रहार भएकोसमेत बस्नेतको आरोप छ । डा.चेतानाले ‘राजिब गान्धी युनिभर्सिटी अफ हेल्थ साईन्स’ बैङलोरबाट साढे ५ वर्षको मेडिकल कोर्ष अध्ययन पूरा गरी २१ वर्षदेखि चिकित्सकीय अभ्यासमा रहेको बताउँदै बस्नेतले भने,“२ दशक बढी डाक्टरी पेसा गरिरहनु भएकी उहाँ कसरी नक्कली डाक्टर हुनुभयो ।”

डा.चेतना पौडेलले आफूले योग तथा प्राकृतिक चिकित्सा सम्बन्धी अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भइ दुई दशक बढी यही पेसा गरिरहँदा पूर्वाग्रहीत साँधिएको भन्दै दुःखेसो व्यक्त गरिन् ।

प्रा.डा.सञ्जय पोखरेलले विश्वभरी प्रभावशाली बन्दै गइरहेको योग तथा प्राकृतिक चिकित्सालाई नेपाल सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । डा.चेतना पौडेललाई राज्यले अनावश्यक विवादमा तानेर प्राकृतिक चिकित्सामाथि प्रहार गरेको पोखरेलको आरोप छ ।

डा.हेमराज कोइरालाले प्रकृतिक चिकित्साको विकास क्रमबारे प्रष्ट पार्दै सो चिकित्सा पद्धतिको उद्गम थलो नेपालमा नै हेलाँमा परेको भन्दै दुःखेसो व्यक्त गरे ।

डा.रविनलाल श्रेष्ठले ब्याचलर अफ नेचुरोप्याथी एण्ड योगिक साइन्सेस(बिएनवाईएस) प्रभावकारी, प्रमाणित चिकित्सा भएको र अत्यावश्यक रहेको पनि बताए । श्रेष्ठले योग तथा प्राकृतिक चिकित्साको नेपालमा कानुनी मान्यताको बारेमा तत्थ्यहरु प्रस्तुत गरेका थिए ।

डा.सन्जु खईजुले यो चिकित्सालाई प्रभावकारी तथा महत्वलाई बढाउन राज्यले प्रोत्सहान गर्नुपर्नेमा जोड दिइन् ।

सो कार्यक्रमा योग तथा प्राकृतिक चिकित्सा अध्ययन पुरा गरेका नयाँ डाक्टरहरुलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

४० मिनेट अगाडि
भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आयाे

भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आयाे

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक