शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘१८ वर्षभन्दा कम उमेरका व्यक्ति रास्वपाकाे सदस्य नरहने

धारणा न्यूज by धारणा न्यूज
१८ घण्टा अगाडि
0
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका सम्बन्धमा प्रकाशितरप्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आज एक विज्ञप्ति जारी गर्दै ‘१८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना व्यक्ति पार्टीको सदस्य रहेको’ भनी आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य न रास्वपाको नीति हो, न अभ्यास, न त कुनै संस्थागत उद्देश्य नै हो ।”

डिजिटल सदस्यता प्रणालीमा ‘आवेदन’ दिएका तर ‘अन्तिम स्वीकृति’ नपाएका प्रारम्भिक विवरणलाई महाधिवेशनमा कच्चा तथ्याङ्कका रूपमा प्रस्तुत गरिएको रास्वपाले जनाएको छ ।

सदस्यताका लागि अनलाइनबाट जोसुकैले आवेदन दिन सक्ने खुला व्यवस्था भएकाले आवेदन फारम भर्ने क्रममा टाइपोग्राफिकल त्रुटि, पात्रो प्रणालीको गलत छनोट वा अन्य प्राविधिक कारणले उमेर विवरणमा फरक परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विज्ञप्तिमा जनाइएको छ ।

हालसम्म पार्टीको डिजिटल प्रणालीमा पाँच लाख २३ हजार ४६५ आवेदन दर्ता भएकामा ३ लाख ९० हजार ११२ जनाको नागरिकतालगायत आधिकारिक प्रमाणसहित प्रमाणीकरण भइसकेको र बाँकी प्रक्रियामा रहेको महामन्त्री आचार्यले जानकारी दिए ।

रास्वपाले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन प्राविधिक नियन्त्रण लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हालको सदस्यता प्रणालीको पुनरावलोकन गर्दै १८ वर्षमुनिका विवरण स्वतः अस्वीकृत हुने प्रणाली विकास गर्ने र प्रमाणीकरण भइसकेका विवरणहरूको पुनःपरीक्षण गर्ने रास्वपाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका नवनिर्वाचित पदाधिकारीहरुले लियाे शपथ ग्रहण

रास्वपाका नवनिर्वाचित पदाधिकारीहरुले लियाे शपथ ग्रहण

१ दिन अगाडि
जनमुखी र प्रभावकारी बनाउन ठोस आत्मसमीक्षाको आवश्यकता

जनमुखी र प्रभावकारी बनाउन ठोस आत्मसमीक्षाको आवश्यकता

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

मेक्सिको अन्तिम १६ को यात्रा तय

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

बेल्जियमले सेनेगललाई ३–२ गोल अन्तरले पराजित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक