शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मेक्सिकोको विजय उत्सव दुःखद घटनामा परिणत

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
मेक्सिकोको विजय उत्सव दुःखद घटनामा परिणत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
फिफा विश्वकपअन्तर्गत अन्तिम ३२ को खेलमा इक्वेडरलाई २–० ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको मेक्सिकोको विजय उत्सव दुःखद घटनामा परिणत भएको छ। उत्सव मनाउन सडकमा ओर्लिएका समर्थकहरूको अत्यधिक भीडमा निस्सासिँदा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
रिपोर्टअनुसार, ज्यान गुमाउनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक महिला र ४४ वर्षीय एक पुरुष रहेका छन्। मेक्सिको सिटीको स्वास्थ्य प्राधिकरणका अनुसार अत्यधिक भीडका कारण उनीहरूको सफोकेसन (निस्सास्सिएर) मृत्यु भएको हो।
१९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको खुसी मनाउन राजधानी मेक्सिको सिटीका सडकमा १० लाखभन्दा बढी समर्थक जम्मा भएका थिए। विशेषगरी एन्जेल अफ इन्डिपेन्डेन्स स्मारक आसपासको क्षेत्रमा विशाल भीड लागेको स्थानीय सरकारले जनाएको छ।
स्वास्थ्य प्राधिकरणका अनुसार पासेओ दे ला रिफोर्माका विभिन्न स्थानबाट बेहोस अवस्थामा फेला परेका तीनै जनालाई उद्धारकर्मीले प्राथमिक उपचार तथा सीपीआर दिएपछि अस्पताल पुर्‍याएका थिए। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। त्यसपछि परिवारका सदस्यले मृतकहरूको पहिचान पुष्टि गरेका थिए।
मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने बताएकी छन्। उनले भविष्यमा उत्सव मनाउँदा जिम्मेवारी, सावधानी र एकअर्काप्रति संवेदनशील हुन समर्थकहरूलाई आग्रह पनि गरेकी छन्।
मेक्सिकोको जितपछि इस्टाडियो आजतेका र राजधानीका विभिन्न स्थानमा रातभर आतिशबाजीसहित उल्लासपूर्ण उत्सव मनाइएको थियो। तर त्यही क्रममा धेरै व्यक्ति बिरामी र घाइते भएपछि उद्धार तथा स्वास्थ्य टोलीलाई निरन्तर परिचालन गर्नुपरेको थियो।
खेल सुरु हुनुअघि नै मेयर ब्रुगाडाले एन्जेल अफ इन्डिपेन्डेन्स क्षेत्रमा अत्यधिक भीड भइसकेको भन्दै त्यहाँ खेल हेर्न नजान समर्थकहरूलाई आग्रह गरेकी थिइन्।
करिब २ करोडभन्दा बढी जनसंख्या रहेको महानगरीय क्षेत्र मेक्सिको सिटी विश्वका उच्च जनघनत्व भएका सहरमध्ये एक मानिन्छ। यसपटक विश्वकपको ऐतिहासिक जितको उल्लास अत्यधिक भीडका कारण दुःखद घटनामा परिणत भएको छ।
अब मेक्सिकोले विश्वकपको अन्तिम १६ मा डिआर कंगोलाइ इंग्ल्यान्डले  १ का विरूद्व २ गाेलले पराजित गरि  क्वाटरफाइनल प्रवेश गरेकाे छ ।

यो पनि पढ्नुहोस्

इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश

इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश

१ दिन अगाडि
मेक्सिको अन्तिम १६ को यात्रा तय

मेक्सिको अन्तिम १६ को यात्रा तय

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक