बिहि, असार १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

बेल्जियमले सेनेगललाई ३–२ गोल अन्तरले पराजित

धारणा न्यूज by धारणा न्यूज
१५ घण्टा अगाडि
Reading Time: 1 min read
0
बेल्जियमले सेनेगललाई ३–२ गोल अन्तरले पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल गरेपछि दुई गोलको सहज अग्रता उल्टाउँदै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको सियाटलमा बुधबार राति भएको रोमाञ्चक र नाटकीय नकआउट खेलमा बेल्जियमले सेनेगललाई ३–२ गोल अन्तरले पराजित गर्‍यो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको ८५औँ मिनेटसम्म २–० ले पछि परेको रुडी गार्सियाको टोली बेल्जियमले खेल सकिन ४ मिनेट बाँकी छँदा अविश्वसनीय पुनरागमन गरेको हो । खेलमा सुरुवाती वर्चस्व जमाएको सेनेगलका लागि २५औँ मिनेटमा हबिब डिएरा र ५१औँ मिनेटमा इस्माइला सारले गोल गर्दै टोलीलाई २–० को बलियो स्थितिमा पुर्‍याएका थिए ।

तर, दोस्रो हाफमा मैदान छिरेका बेल्जियमका भेट्रान स्ट्राइकर रोमेलु लुकाकु खेलको ‘टर्निङ प्वाइन्ट’ बने । चोटका कारण पछिल्लो सिजन क्लब फुटबलमा संघर्ष गरेका ३३ वर्षीय लुकाकुले ८६औँ मिनेटमा थोमस मुनिएरको क्रसलाई उत्कृष्ट फ्लिक गर्दै गोल गरेर बेल्जियमलाई खेलमा फर्काए । त्यसको तीन मिनेट नबित्दै कप्तान टिलेमान्सले हेडरमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए र बेल्जियमलाई नयाँ जीवन दिए । खेलको दोस्रो हाफमा टिलेमान्स र ट्रोसार्डबीच मैदानमै भनाभन समेत भएको थियो, जसलाई लुकाकुले साम्य पारेका थिए ।

अतिरिक्त समयको पनि अन्तिम क्षण अर्थात् १२५औँ मिनेटमा खेलले थप नाटकीय मोड लियो । भिडियो असिस्टेन्ट रेफ्रीको करिब ७ मिनेट लामो रिभ्युपछि बेल्जियमले पेनाल्टीको अवसर पायो, जसलाई एस्टन भिल्लाका मिडफिल्डर टिलेमान्सले सहजै गोलमा परिणत गर्दै बेल्जियमको जित निश्चित गरे ।

यो जितसँगै बेल्जियमले जुलाई ७ मा हुने अन्तिम १६ को खेलमा अमेरिका वा बोस्निया-हर्जगोभिनाको सामना गर्नेछ भने अफ्रिकी च्याम्पियन सेनेगलको विश्वकप यात्रामा पूर्णविराम लागेको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

एमाले अहंकारमुक्त भएर खरानी उठाउने अवसर !

६ घण्टा अगाडि
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

मेक्सिको अन्तिम १६ को यात्रा तय

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

बेल्जियमले सेनेगललाई ३–२ गोल अन्तरले पराजित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक