काठमाडौं । रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् ।
विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध भएका हुन् ।
रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए । पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिएको छैन । केही असन्तुष्टिका बीच विहीबार केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो । तीन दिनमा सम्पन्न गर्ने लक्ष्यसहित असार ७ गतेदेखि चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशन छैटौं दिनसम्म लम्बिएको छ।


