सोम, साउन ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाढीबाट भारतको केयी पन्योर जिल्लामा ठूलो क्षति

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
बाढीबाट भारतको केयी पन्योर जिल्लामा ठूलो क्षति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अविरल वर्षापछि आएको आकस्मिक बाढीले भारतको अरुणाचल प्रदेशस्थित केयी पन्योर जिल्लामा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीका कारण घर, सडक र पुल बगेका छन् । टाइम्स अफ इण्डियाका अनुसार बाढीमा परी हालसम्म कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने चार जना बेपत्ता छन् । बाढीले पूसा क्षेत्र डुबानमा परेपछि अरुणाचल प्रदेश सरकारले भारतीय वायु सेनासँग समन्वय गरी उद्धार तथा राहत अभियान सञ्चालन गरेको छ । प्रभावित क्षेत्रमा राज्य विपद् प्रतिकार बल (एसडीआरएफ) का जनशक्ति र आवश्यक सामग्री छिटो पुर्‍याउन हवाई सहयोग लिइएको छ ।

केयी पन्योरका प्रमुख जिल्ला अधिकारीको अनुरोधमा नागरिक उड्डयन विभागले शिलङस्थित पूर्वी वायु कमाण्डसँग सम्पर्क गरी उद्धारकर्मी, राहत सामग्री तथा प्रभावितहरूको उद्धारका लागि हवाई सहयोग मागेको थियो । अधिकारीहरूका अनुसार सो क्षेत्रमा झण्डै ४८ घण्टासम्म लगातार वर्षा भएको थियो । गुवाहाटीस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र (आरएमसी) र इटानगर मौसम केन्द्रका अनुसार याजाली क्षेत्रमा पछिल्लो २४ घण्टामा ७२.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यसको ठूलो हिस्सा जुन २४ को बिहान ६ बजेदेखि ९ बजेसम्मको अवधिमा परेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा उर्लिंदो बाढीले घर, रुख, सवारी साधन र पुलहरू बगाएको तथा विभिन्न सडकमा क्षति पुर्‍याएको देखिन्छ । बाढीले करिब २० वटा घर तथा आवासीय संरचनामा क्षति पुगेको छ भने तल्लो भूभाग डुबानमा परेको प्रारम्भिक विवरण छ । भारी वर्षाको प्रभावले राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ र धेरै यात्रुहरू बाटोमै अलपत्र परेका छन् । सरकारी स्वामित्वको (एनईईपीसीओ) ले सावधानीका रूपमा रंगनदी बाँधबाट पानी छोड्न थालेको र जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको अधिकारीहरूले बताएका छन् । अरुणाचल प्रदेशका सांसद तथा केन्द्रीय मन्त्री किरण रिज्जुले सामाजिक सञ्जालमार्फत क्षतिको भिडियो सार्वजनिक गर्दै बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यो पनि पढ्नुहोस्

बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटे

बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटे

१० मिनेट अगाडि
अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमय दर निर्धारण

कांग्रेसका नेता र भारतको महाराष्ट्रका मुख्यमन्त्रीबीच भेटवार्ता

मण्डलाको ढल निकास प्रणालीमा इन्जिनियरिङ त्रुटि

सिस्नेखोला सुरुङमार्गको उद्घाटन

तीन लाख २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक