काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ । एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिएको हो ।
खेलको छैटौं मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै अग्रता दिलाएका थिए । लामो समय अग्रता कायम गरेको चेक रिपब्लिकले अन्तिममा पेनाल्टीमार्फत गोल खान पुग्यो ।


