बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

२०औं एसियालीमा महिला फुटबल टोलीको सहभागिता गराउन ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
२०औं एसियालीमा महिला फुटबल टोलीको सहभागिता गराउन ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक महरले बजेट अभावका कारण महिला खेलाडीहरू सो प्रतिष्ठित प्रतियोगिताबाट वञ्चित हुन लागेको समाचारप्रति चिन्ता व्यक्त गरे ।

उनले खेलाडीहरूको भिसा प्रक्रियाका लागि राहदानीसमेत संकलन गरिसकिएको अवस्थामा बजेटलाई बहाना बनाएर सहभागिता रोक्नु खेलाडी र खेलकुद क्षेत्रप्रति अन्याय हुने जनाए । सम्बोधनका क्रममा महरले प्रधानमन्त्रीको सामाजिक सञ्जाल (फेसबुक) को कभर फोटोमा महिला फुटबल टोलीको सामूहिक तस्वीर रहेको उल्लेख गर्दै उक्त सम्मानलाई व्यवहारमा उतार्न आग्रह गरे ।

प्रधानमन्त्रीले देखाएको विश्वास र सम्मान बजेट विनियोजनमार्फत प्रतिविम्बित हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘प्रधानमन्त्रीज्युको फेसबुक कभरमा महिला खेलाडीहरूको फोटो देखिनु सकारात्मक भए पनि त्यो केवल प्रचारका लागि मात्र नभई उनीहरूको खेल जीवनको विकास र सम्मानका लागि हुनुपर्छ ।’

महरले फुटबल प्रतियोगिताको टेलिभिजन प्रशारणमा लिइने अतिरिक्त शुल्कको विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २३औँ विश्वकप फुटबलसँग सम्बन्धित खेलहरू हेर्न नेपाली दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्थालाई उनले ‘लुट’ को संज्ञा दिए ।

आम नेपाली फुटबल प्रेमीहरूले राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क रूपमा खेल हेर्न पाउने वातावरण निर्माण गर्न माग गरे ।

यो पनि पढ्नुहोस्

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

५९ मिनेट अगाडि
सुशासनको महत्वपूर्ण औजारका रूपमा स्थापित हुँदै ‘हेलो सरकार’ प्रणाली

सुशासनको महत्वपूर्ण औजारका रूपमा स्थापित हुँदै ‘हेलो सरकार’ प्रणाली

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

निःशुल्क स्वास्थ्य पोर्टलबाट सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्याे

नेपाल र डायस्पोराबीच सहकार्य विस्तारमा जोड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक