सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वकपमा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्वकपमा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फिफा विश्वकप २०२६ मा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा उत्रि रहेका छन् ।
क्यानडा–मेक्सिको–अमेरिकामा ३९ दिने फुटबलको महामेलामा ४८ राष्ट्रहरुले एकअर्काविरुद्ध १०४ खेल खेल्दै उपाधिमा आफ्नो हक दाबी गरेर मैदानमा उत्रि रहेका छन् ।

यति मात्र होइन यसपटकको विश्वकपमा ८९१ जना खेलाडीले पहिलो पटक विश्वकपको मैदानमा आफ्नो कौशल देखाउँदै छन् भने ३५७ जना खेलाडीले भने यसअघिका संस्करणहरुमा पनि आफ्नो जादु देखाइसकेका छन् । तीमध्ये २२ जनाले त झन फिफा विश्वकपको ट्रफी नै उचालिसकेका छन् । जहाँ सन् २०२२ मा अर्जेन्टिनाका लागि उपाधि जिताउन महत्वपूर्ण हात रहेका कप्तान लियोनल मेसीदेखि सन् २०१८ मा फ्रान्सका लागि निर्णायक बनेका स्टार किलियन एम्बाप्पे र एन्टोइन ग्रिजम्यानसम्म रहेका छन् ।

यस विश्वकप खैल्ने सबैभन्दा पाका खेलाडी स्कटल्यान्डका गोलरक्षक क्रेग गोर्डन बन्ने भएका छन् । हाल ४३ वर्ष ५ महिनाका गोर्डन सन् २०२२ मा भने हर्टअट्याकका कारण टोलीमा परेका थिएनन् । गोर्डन मात्र होइन, यस पटकको विश्वकपमा ४० वर्ष कटेका क्रिस्टियानो रोनाल्डोसहित ७ जना खेलाडी खेल्दै छन् ।

विश्वकपमा मेक्सिकोका १७ वर्षीय गिल्बर्टो मोरा विश्वकप इतिहासकै सबैभन्दा कान्छा खेलाडीमध्ये एक बनेका छन् । सन् २००८ अक्टोबरमा जन्मेका मोराले ‘क्लब तिजुआना’बाट १६ वर्षकै उमेरमा मेक्सिकन लिगमा डेब्यु गरेका थिए । त्यति मात्र होइन यस पटकको विश्वकपमा २० वर्षभन्दा कम उमेरका २२ खेलाडी मैदानमा उत्रने छन् जहाँ स्पेनका १८ वर्षीय लामिन यमल र ब्राजिलका १९ वर्षीय एन्द्रिक पनि सामेल छन् ।

यस पटकको विश्वकपमा ४ वटा राष्ट्रहरुले डेब्यु गर्ने भएका छन् । अघिल्लो संस्करणमा भएका ३२ राष्ट्रको कोटालाई बढाइएर ४८ राष्ट्र पुर्याएपछि केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानलगायत राष्ट्रहरुले पनि पहिलो पटक मौका पाएका हुन् ।

फिफाको तथ्याङ्क अनुसार, १२ सय ४८ खेलाडी विश्वका ७१ विभिन्न देशमा अवस्थित ४४९ फरक–फरक क्लबबाट छानिएका छन् । जसमा सबैभन्दा धेरै खेलाडी इङ्ग्लिस प्रिमियर लिगबाट आएका छन् भने म्यानचेस्टर सिटी एक्लैले १६ जना खेलाडी पठाएर ‘सबैभन्दा बढी प्रतिनिधित्व हुने क्लब’को ताज पहिरेको छ । त्यस्तै बार्सिलोनाबाट १४, बायर्न म्युनिखबाट १३, पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट १२ र रियल म्याड्रिडबाट ११ जना खेलाडीहरुले यस पटकको विश्वकप खेल्ने भएका छन् ।

अझै रोचक तथ्य त के छ भने, यसपटक कतार र साउदी अरब जस्ता राष्ट्रका प्रायः सम्पूर्ण खेलाडी स्वदेशी लिगबाटै आएका छन् । कतारको अल–साद र अल–दुहाइल तथा साउदीको अल–हिलाल र अल–नासर क्लबमा केन्द्रित यी टोलीहरूले स्वदेशी प्रतियोगिताको बलियो जग देखाएका छन् । यसको ठीक विपरीत, सेनेगल, केप भर्डे र उरुग्वेजस्ता देशका सबै खेलाडी विदेशी लिगमा व्यावसायिक फुटबल खेल्दै आएका छन् । त्यस्तै सेनेगलको पूरै टोली युरोपका पाँच प्रमुख लिगमा छरिएका छन् भने उरुग्वेका २६ खेलाडी इटाली, स्पेन, ब्राजिललगायतका लिगमा खेल्दै आएका छन् ।

यस पटक प्रशिक्षकका रूपमा लगातार पाँचौँ विश्वकपमा सहभागिता जनाउने गौरव घानाका कार्लोस क्विरोजले हासिल गरेका छन् । यसअघि बोरा मिलुटिनोभिकले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए । यसअघि सन् २०१० मा पोर्चुगल र सन् २०१४, २०१८ र २२ मा गरी फरक फरक महादेशबाट आफ्नो टोलीलाई विश्वकपमा छनौट गरिसकेका कार्लोसले यस पटक भने घानासँग जोडिएर उक्त उपलब्धी हासिल गरेका हुन् ।

र अन्त्यमा फिफाको नियम अनुसार, यस पटक कुनै पनि टोलीले आफ्नो पहिलो खेल सुरु हुनुभन्दा २४ घण्टा अगाडिसम्म गम्भीर चोट वा स्वास्थ्य कारणले खेलाडी फेरबदल गर्न सक्ने भएका छन् । तर त्यसका लागि घाइते खेलाडीको ठाउँमा बोलाइने अर्को खेलाडी पहिलेदेखि नै विस्तारित सूचीमा भएको हुनुपर्ने प्रावधान राखेको छ ।

यो पनि पढ्नुहोस्

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

३ घण्टा अगाडि
पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

स्नातक प्रवेश तयारी अब अनलाइनमै

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक