काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत चार पटकको विश्वविजेता जर्मनीले शानदार विजयी सुरुवात गरेको छ ।
जर्मनीले आइतबार अमेरिकाको ह्युस्टनमा पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओलाई ७–१ गोलले पराजित गर्यो । २०१४ को विश्वकप जित्दा जर्मनीले सेमिफाइनलमा ब्राजिललाई ७–१ गोल अन्तरमै पराजित गरेको थियो ।
जर्मनीबाट काई हाभार्ट्जले दुई गोल गरे भने अन्य पाँच फरक खेलाडीले गोल गरे । न्युजिल्यान्ड १९८२ को विश्वकपमा ५–२ ले पराजित भएयता कुराकाओ विश्वकपको आफ्नो पहिलो खेलमा ५ गोल खर्चने पहिलो टोली बनेको छ ।

