काठमाडौं । काइल लारिनले दोस्रो हाफमा गरेको गोलमा क्यानडाले फिफा विश्वकप २०२६ को तेस्रो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग बराबरी खेल्दै अंक खोसेको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका हुन् । तेस्रो पटक विश्वकप खेलिरहेको क्यानडाले यो बराबरीपछि पहिलो अंक समेत जोडेको छ ।
तर पहिलो अंक जोड्दै क्यानडाले फिफा विश्वकप २०२६ मा भने सुखद सुरुवात गरेको छ ।
क्यानडाले ७९औं मिनेटमा बराबरी गोल फर्कायो । काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानडालाई बराबरीमा फर्काएका थिए । त्यसपछि दुवैतर्फबाट थप गोल हुन सकेन र दुवै टोलीले एक-एक अंक बाँडे ।


