काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे उपाध्यक्ष पदमा नियुक्त भएका विशाल श्रेष्ठले पद बहाली गरेका छन्।
नेपाल सरकारले उनलाई बुधबार उपाध्यक्षमा नियुक्ती गरेको थियो ।
उनी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर हुन्। उनले लामो समय विभिन्न क्लबबाट घरेलु फुटबल खेलेका थिए।
पद बहाली गर्दै उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट ब्यवस्थापकीय जिम्मेवारीमा आएको भन्दै सबैको सहकार्यमा खेलकुदको विकासमा योगदान दिने विश्वास ब्यक्त गरे।
परिषदमा उपाध्यक्ष सहित नवनियुक्त सदस्यहरु मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई स्वागत गर्नु हुदै परिषद्का सदस्य सचिव रामचरित्र मेहताले खेलकुदको पछिल्लो अवस्थाका बारेमा जानकारी दिए।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यनजनकार तथा परिषदका विभागीय र शाखा प्रमुखहरुको उपस्थिति थियो ।


