शुक्र, जेष्ठ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

“नक्शामा नभएको देश” लोकार्पण 

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
“नक्शामा नभएको देश” लोकार्पण 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित,  साहित्यकार तथा सम्पादक रमेश दाहालद्वारा सम्पादित तथा मिलाप पब्लिकेशन प्रा.लि. काठमाडौँद्वारा प्रकाशित नियात्रा-निबन्धसङ्ग्रह “नक्शामा नभएको देश” पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित, भिक्टोरियामा अफ्रिका लोकार्पण भएको छ ।

७ जुन २०२६ आइतबारका दिन सम्पन्न उक्त कार्यक्रमको सभापतित्व एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दले गरेका थिए भने प्रमुख अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज बि. क. तथा विशेष अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिङ्देन रहेका थिए । कार्यक्रममा एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराईले स्वागत मन्तव्यसहित उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन् ।

प्रमुख अतिथिको आशनबाट बोल्दै एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज बि.क. ले भने- नेपालीहरुको जानकारीमा निकै कम आएको र नक्शामा समेत नभएको देश सेसेल्स भ्रमणका क्रममा भोगेका र अनुभव गरेका विषयलाई कलात्मक ढङ्गले लेखेर पुस्तकको रूप दिई हामीसमक्ष ल्याएर स्रष्टा खड्काले गुन लगाउनुभएको छ । यो पुस्तक केवल एउटा पुस्तकको रूपमा मात्रै नभएर एक ऐतिहासिक दस्तावेजका रूपमा आएकाले हरेक नेपालीले यसलाई सिरानीमा राख्नुपर्ने कुरासमेत बि.क.ले सुझाए ।

पुस्तकका स्रष्टा गणेश खड्काले यो किताब लेख्न आफूलाई निकै मिहिनेत र दुःख समेत गर्नुपरेको कुरा स्मरण गर्दै भने- आफू सेसेल्स भन्ने देशमा जागीर खान जान लागेको कुरा गर्दा कसैले नपत्याएको, यो ‘संसारमा सेसेल्स भन्ने देश पनि छ र ?’ भनी सोधेको, यतिसम्म कि नक्शामा खोज्दासमेत सेसेल्स नामक देश नभेटेपछि यसको बारेमा खोज, अनुसन्धान गरेर केही त लेख्नैपर्छ भनेर लागिपरेको र त्यसैको उपज आज “नक्शामा नभएको देश” पुस्तक प्रकाशन गर्न सफल भएको अनुभव र प्रसङ्ग सुनाए ।

त्यसैगरी सम्पादक रमेश दाहालले- “यो कृति नेपाली पाठकका लागि केवल पढ्ने सामग्री होइन, आत्मनिरीक्षणको एउटा सशक्त माध्यम हो; जसले हाम्रो समाज, सपना र यथार्थलाई पुनःपरिभाषित गर्न बाध्य बनाउँछ । यही कारण, “नक्शामा नभएको देश” समकालीन नेपाली नियात्रा-निबन्ध साहित्यको एक महत्त्वपूर्ण, गम्भीर र अविस्मरणीय कृति बनेर आएको छ ।” पुस्तकको आमुखमार्फत बताएका छन् ।

प्रकाशक मिलाप पब्लिकेशन प्रा.लि.का अध्यक्ष कृष्ण भुसालले उक्त कृतिको बृहत् अन्तर्क्रिया कार्यक्रम लेखक नेपाल आएका बखत गरिने कुरा हामीलाई बताएका छन् ।

एनआरएनए सेसेल्स र अनेसास अफ्रिका महादेशीय च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका सदस्य कवि महेन्द्र भट्टराईले विमोचित पुस्तक “नक्शामा नभएको देश” को समीक्षात्मक परिचर्चा गरेका थिए । त्यसैगरी कार्यक्रमको सहजीकरण अनेसास अफ्रिका च्याप्टरका महासचिव कवि आर.सी.राई र सदस्य कवि गायत्री कुलुङले गरेका थिए ।

 

यो पनि पढ्नुहोस्

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

२ हप्ता अगाडि
रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली कांग्रेसका नेता मिश्रले शहीद सन्ततिका लागि कोष विस्तार गर्ने घोषणा

मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

बर्षा हुने सम्भावना

बालेन अभिव्यक्तिको सीमा तरंग !

भारतीय सञ्चारमाध्यमहरु नेपालको पक्षमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक