मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फिलिपिन्स गएकाे भूकम्पमा परि कम्तीमा १५ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
0
ताप्लेजुङमा भूकम्पको धक्का
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। भूकम्पपछि राहत तथा उद्धार कार्य तीव्र पारिएको छ भने प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दक्षिण कोटाबातो, सुल्तान कुदारत, साराङ्गानी र जनरल सान्तोस सिटीसहित सोक्सस्कार्गेन क्षेत्रमा मात्रै १२ जनाको मृत्यु भएको छ। बाँकी मृत्यु अन्य प्रभावित क्षेत्रबाट पुष्टि गरिएको हो।

घाइतेहरूको सङ्ख्या १२९ पुगेको बताइएको छ। तीमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ। भूकम्पको धक्का महसुस भएपछि धेरै स्थानमा घर, भवन र पूर्वाधारमा क्षति पुगेको आशङ्का गरिएको छ।

फिलिपिन्स सरकारका अनुसार समाज कल्याण तथा विकास विभाग (डिएसडब्लुडी) ले प्रभावित क्षेत्रका लागि राहत सामग्री र आपतकालीन सहायता परिचालन गरेको छ। मन्त्रालयले मिन्डानाओमा ११ लाखभन्दा बढी पारिवारिक फूड प्याक तयारी अवस्थामा राखेको र आवश्यकताअनुसार तत्काल वितरण भइरहेको जनाएको छ।

सरकारी आपतकालीन व्यवस्थापन निकायले पनि देशभर करिब ४७ लाख फूड प्याक आपतकालीन प्रयोगका लागि तयार रहेको जनाएको छ। स्थानीय प्रशासनसँग समन्वय गर्दै उद्धार तथा राहत टोलीहरू परिचालन गरिएको छ।

समाज कल्याण विभागका अनुसार फिल्ड कार्यालयहरूलाई स्थानीय सरकारसँग मिलेर निकासी केन्द्रहरूमा सामाजिक कार्यकर्ता परिचालन गर्न निर्देशन दिइएको छ। प्रभावित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउने तयारी गरिएको छ।

यसैबीच, फिलिपिन्स राष्ट्रिय प्रहरीले आपतकालीन अवस्था सम्बन्धी अद्यावधिक जानकारी सार्वजनिक गर्दै सुरक्षा निकायहरू पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ। भूकम्पपछि सम्भावित परकम्प र थप जोखिमलाई ध्यानमा राखेर निरन्तर निगरानी भइरहेको छ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले नागरिक रक्षा कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्लाई तत्काल सक्रिय पारिएको जानकारी दिएका छन्।

भूकम्पपछि देशका नौ प्रान्तका तटीय क्षेत्रका बासिन्दालाई उच्च स्थानतर्फ सार्न निर्देशन दिइएको छ। इन्डोनेसियाका उत्तरी सुलावेसी, उत्तरी गोरोन्टालो र साङ्गिहे टापुहरूमा पनि निकासी आदेश जारी गरिएको छ।

जापान, फिलिपिन्स र इन्डोनेसियाले तटीय क्षेत्रमा सुनामीको खतरा देखिएपछि सतर्कता जारी गरेका छन्। अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरका अनुसार फिलिपिन्स तटीय क्षेत्रमा करिब तीन मिटरसम्म र इन्डोनेसिया तथा मलेसियाका केही भागमा एक मिटरसम्म सुनामी आउन सक्ने सम्भावना रहेको छ।

भूकम्पपछि क्षेत्रीय स्तरमा उच्च सतर्कता अपनाइएको छ भने उद्धार तथा राहत कार्य अझै जारी रहेको अधिकारीहरूले जनाएका छन्।

यो पनि पढ्नुहोस्

ताप्लेजुङमा भूकम्पको धक्का

फिलिपिन्समा गयाे शक्तिशाली ७.७ भूकम्प

१० घण्टा अगाडि
 अमेरिकाले दुई इरानी ड्रोनहरूलाई गोली हानेर खसाल्याे

 अमेरिकाले दुई इरानी ड्रोनहरूलाई गोली हानेर खसाल्याे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक