मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फिलिपिन्समा गयाे शक्तिशाली ७.७ भूकम्प

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
Reading Time: 1 min read
0
ताप्लेजुङमा भूकम्पको धक्का
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मनिला । फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ क्षेत्रमा सोमवार बिहान शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार जनरल सान्तोस सिटीका विपद् व्यवस्थापन प्रमुख अग्रिपिनो डासेराले भूकम्पका कारण मृत्यु हुनेको संख्या र क्षतिको पूर्ण विवरण संकलन भइरहेको जनाएका छन् ।
भूकम्पपछि फिलिपिन्सको सामाजिक कल्याण तथा विकास विभागले प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य तीव्र पार्न स्थानीय तहहरूसँग समन्वय गर्न निर्देशन दिएको छ । विभागका अनुसार मिन्दानाओ क्षेत्रमा प्रभावित परिवारका लागि १० लाखभन्दा बढी खाद्य सहायता प्याकेट तयारी अवस्थामा राखिएको छ ।

विभागले देशभर करिब ४.७ मिलियन खाद्य सहायता प्याकेट पूर्वतयारी अवस्थामा रहेको र आवश्यक परे तत्काल वितरण गर्न सकिने जनाएको छ । द्रुत प्रतिक्रिया टोलीहरू समेत उच्च सतर्कतामा राखिएको छ ।

फिलिपिन्सका राष्ट्रपति फेरडिनान्ड मार्कोसले भूकम्पलगत्तै आपत्कालीन निकायहरू परिचालन गरिएको जानकारी दिएका छन् । नागरिक सुरक्षा कार्यालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्लाई सक्रिय बनाइएको उनले जनाएका छन् ।

यसैबीच, सुनामीको जोखिमलाई ध्यानमा राख्दै सराङ्गानी, दाभाओ ओक्सिडेन्टल, तावी-तावी र सुलु लगायत नौ प्रान्तका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । इन्डोनेसियाका केही उत्तरी क्षेत्रहरूमा समेत उच्च स्थानमा सर्न निर्देशन दिइएको छ । जापान, फिलिपिन्स र इन्डोनेसियाले समुद्री छालाको जोखिमबारे चेतावनी जारी गर्दै तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।

अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्सका केही तटीय क्षेत्रमा चार मिटरसम्म अग्ला छालाहरू आउन सक्ने जनाएको छ भने इन्डोनेसिया र मलेसियाका केही भागमा एक मिटरसम्मका छालाहरू सम्भावित रहेको बताएको छ । अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको मूल्याङ्कन कार्य जारी रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

ताप्लेजुङमा भूकम्पको धक्का

फिलिपिन्स गएकाे भूकम्पमा परि कम्तीमा १५ जनाको मृत्यु

७ घण्टा अगाडि
 अमेरिकाले दुई इरानी ड्रोनहरूलाई गोली हानेर खसाल्याे

 अमेरिकाले दुई इरानी ड्रोनहरूलाई गोली हानेर खसाल्याे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक