विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भरत कडेलको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको जनाइएको छ।
नयाँ कार्यसमितिको उपसभापतिमा बिमला बस्नेत, सचिवमा दिवस नेपाल र सहसचिवमा सृजना गिरि आचार्य निर्वाचित भएका छन्। अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले मोरङमा पार्टीको संगठनलाई अझ बलियो र जनमुखी बनाउन केन्द्रीत हुने संकल्प गरेका छन् ।
रास्वपा नेतृत्वले मोरङ जिल्लाको जुझारु नेतृत्वले मोरङमा रास्वपाको विचार, राजनीतिक मूल्य-मान्यता र अभियानलाई थप उचाइमा पुर्याउने विश्वास लिएको छ।


