शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राप्रपा फेरि विभाजन

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि विभाजन भएको छ । पार्टीका महामन्त्री धवलशमशेर राणाले बिहीबार औपचारिक रूपमा पार्टी परित्यागको घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेपछि राप्रपाभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद सतहमा आएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राणाले राप्रपा नेतृत्वमाथि पार्टीको मूल विचार, संगठनात्मक लोकतन्त्र र कार्यकर्ताको भावनालाई बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले आफूले गठन गर्न लागेको नयाँ दलको प्रमुख आधार ‘राजासहितको प्रजातन्त्र’ हुने स्पष्ट पार्नुभएको छ ।

‘मैले पार्टीमात्र छोडेको होइन, राष्ट्रवादी शक्तिलाई नयाँ ढंगले संगठित गर्ने अभियान सुरु गरेको हुँ,’ राणाले भन्नुभयो–‘राप्रपाले आफ्नो मूल उद्देश्यबाट विचलित हुँदै गएको महसुस भएपछि नयाँ विकल्प निर्माण गर्नुपर्ने अवस्था आयो ।’

राणाले पार्टीभित्रको पछिल्लो विवादको मुख्य कारण समयमै महाधिवेशन हुन नसक्नु रहेको बताएका छन् । उनका अनुसार कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिले जेठ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरे पनि अध्यक्ष मण्डल र शीर्ष नेतृत्वले त्यसलाई कार्यान्वयन गर्न चासो देखाएन ।

उहाँले पार्टी नेतृत्वले संगठन विस्तारभन्दा व्यक्तिगत शक्ति केन्द्रित राजनीतिलाई प्राथमिकता दिएको आरोप लगाउनुभयो । पटक–पटक नेतृत्वलाई सचेत गराउँदा पनि कुनै सुधार नदेखिएपछि अन्ततः पार्टी छोड्ने निर्णय गर्नुपरेको उहाँको भनाइ छ ।

राणाले पछिल्ला निर्वाचनमा राप्रपाको प्रदर्शन खस्किँदै गएको र यही अवस्था रहने हो भने आगामी स्थानीय तह निर्वाचनसम्म पार्टीले उम्मेदवारसमेत नपाउने अवस्था आउन सक्ने चेतावनी दिनुभएको छ ।

राप्रपाभित्र पछिल्ला केही वर्षदेखि अध्यक्ष तथा शीर्ष नेताहरूबीच नेतृत्व, रणनीति र आन्दोलनको शैलीलाई लिएर मतभेद बढ्दै आएको थियो ।
एक पक्षले सडक आन्दोलनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएको थियो भने अर्को पक्षले संसदीय राजनीतिलाई सुदृढ बनाउँदै संगठन विस्तारमा ध्यान दिनुपर्ने बताउँदै आएको थियो ।

पार्टीभित्र पूर्वराजा समर्थक धार, हिन्दुराष्ट्रवादी धार, संसदीय राजनीतिलाई जोड दिने धार तथा नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्ने समूहबीच पनि मतभेद बढ्दै गएको थियो ।

राणा लामो समयदेखि पार्टीभित्र वैकल्पिक नेतृत्वको पक्षमा उभिएका नेताका रूपमा चिनिनुहुन्थ्यो । उहाँले पार्टीमा पुस्तान्तरण, संगठन पुनर्गठन र प्रभावकारी आन्दोलनको आवश्यकता औंल्याउँदै आउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

भाेलि एमालेकाे सचिवालय बैठक बस्दै

एमाले जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने

३ घण्टा अगाडि
रास्वपाका सभापति भारत भ्रमणमा जादै

रवि लामिछाने स्वदेश फर्किंदै

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ओमानको प्रमुख तेल टर्मिनलमा विष्फोट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक