काठमाडौं । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग खेल्ने भएको छ ।
समूह बी को अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई ३-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पनि टुङ्गो लागेको हो । नेपाल समूह ए को विजेता बन्दा बंगलादेश समूह बी को उपविजेता बनेकाे छ ।
सन् २०२२ र २०२४ मा काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट बन्चित भएको थियो ।
समूह बी बाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेका हुन् । सेमिफाइनल खेलहरु मंगलबार हुनेछ ।


