सोम, जेष्ठ १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
Reading Time: 1 min read
0
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशन सम्पन्न भएको छ ।

सभामुख डिपी अर्यालको प्रमुख आतिथ्यता तथा मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको अध्यक्षतामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले समाजसेवाका लागि परिचित लायन्स क्लबले आफ्नो मूल उद्देश्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे । उनले संस्थामा राजनीतिक प्रभाव नदेखिएको भन्दै आगामी दिनमा पनि यसको शुद्ध सामाजिक चरित्र कायम रहनुपर्नेमा जोड दिए ।

कन्भेन्सन कार्यक्रममा सभामुख अर्यालसहित लायन्स क्लबको सदस्य रहेका सांसदहरु, पाष्ट डिष्ट्रिक्ट गभर्नरहरु, चालू लायन वर्ष तथा आगामी लायन वर्षका डिष्ट्रिक्ट गभर्नरहरुलाई पनि सम्मान गरिएको थियो । त्यसै गरी सामाजिक सेवाका कार्यमा उत्कृष्ट कार्य गर्ने १५ वटै डिष्ट्रिक्टका क्लब तथा लायन्स लिडरहरुलाई पनि सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

प्रमुख अतिथि अर्याल लगायत अन्य अतिथिहरुले मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सनका अवसरमा प्रकाशित सुभेनियर र मल्टिपल डिष्ट्रिक्टले नियमित प्रकाशन गर्दै आइरहेको लायन म्यागजिन विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीले नेपालमा लायनिज्मले गरेको प्रगतीको चर्चा गरे । उनले ५४ वर्षको इतिहासमा पहिलोपटक मल्टिपल काउन्सिल चेयरपर्सनमा महिला नेतृत्व पुगेको र सफलतापूर्वक कार्यकालसमेत सम्पन्न हुन लागेको बताउँदै मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको प्रशंसा गरे । त्यसैगरी पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले आगामी जुलाई ३ देखि ७ सम्म हङकङमा हुन लागेको इन्टरनेसनल कन्भेन्सनको बारेमा जानकारी गराए । साथै उनले मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको कार्यशैली र कुशल नेतृत्वको प्रशंसा गर्दै कार्यकाल सफल र ऐतिहासिक बनाएकोमा बधाई दिए ।

कार्यक्रममा आईडी इन्डोर्सी लायन राजन लम्सालले पनि आफ्नो भनाई राख्दै आगामी वर्षदेखि सुरु हुने इन्टरनेसनल डाइरेक्टरको कार्यकामा सहयोग गर्न आग्रह गरे । कार्यक्रमको अध्यक्ष तथा मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाले भदौ २३ र २४ गते भएको आन्दोलनले घर र सम्पती सखाप हुँदा लायन्स सदस्यहरुले देखाएको सहानुभूति र सहयोगका कारण नै आफुले सामाजिक सेवाका कार्यलाई निरन्तरता दिन सकेको बताइन् । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने तथा कार्यक्रम सम्पन्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् ।

कार्यक्रमको व्यवस्थापन डिष्ट्रिक्ट ३२५ जी ले गरेको थियो । डिष्ट्रिक्ट जी का डिष्ट्रिक्ट गभर्नर लायन विधान जोशीले कन्भेन्सन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टका ६०० भन्दा बढी लायन्स लिडर तथा सदस्यहरुको सहभागिता थियो ।

 

यो पनि पढ्नुहोस्

संसदीय इतिहासमा कालो दिन

संसदीय इतिहासमा कालो दिन

३ घण्टा अगाडि
ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार

ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भाजपाको निमन्त्रणामा रविको पहिलो औपचारिक भ्रमण

आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली

रविको भारत भ्रमणबाट सम्बन्धमा आउला सुधार ?

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

प्रम बालेनको अभिव्यक्ति हटाइनुपर्ने माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक