मङ्ल, मंसिर ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल फिल्म सोसाइटीको विशेष सम्मान तथा शुभकामना कार्यक्रम

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
नेपाल फिल्म सोसाइटीको विशेष सम्मान तथा शुभकामना कार्यक्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काभ्रे  । नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा शुभकामना दिने क्रम जारी रहेको छ । यसैक्रममा नेपाल फिल्म सोसाइटीले काभ्रेपलाञ्चोकको पनौतीस्थित थुम्की रिसोर्टमा विशेष सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष उत्तम केसी, उपाध्यक्ष शिवहरि नेपाल वैरागी र पूजना गुरुङ प्रधान, महासचिव सुनिल कटुवाल, सचिव गोपाल ढकाल, कोषाध्यक्ष तेजुला खतिवडा, सहकोषाध्यक्ष पवन केसी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित सदस्यहरूमा इन्द्र दोडा खम्बे, चन्द्रकला राई, लभली संगम, श्रीदेव भट्टराई, मोनिका दाहाल, चन्द्रकुमारी, दमन रुपाखेती, नवीन श्रेष्ठ, सुलेमान संकर ईकु, छुल्टिम गुरुङ, रस्मी भट्टलगायत रहनुभएको थियो । कार्यक्रममा वक्ताहरूले नवगठित कार्यसमितिले नेपाली चलचित्र क्षेत्रको व्यावसायिक विकास, कलाकारहरूको हकहित संरक्षण तथा चलचित्र उद्योगको समग्र उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री मधुकुमार श्रेष्ठ उपस्थित रहनुभएको थियो । उहाँले कलाकारहरू राष्ट्रको सांस्कृतिक पहिचानका संवाहक भएको उल्लेख गर्दै चलचित्र क्षेत्रको विकासका लागि राज्यले थप प्रभावकारी नीति र सहयोग आवश्यक रहेको बताउनुभयो ।
विशेष अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेश डीसी, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, नेपाल चलचित्र कलाकार संघका संरक्षक बसुन्धरा भुसाल, निवर्तमान अध्यक्ष मोहन निरौला तथा संस्थापक एवं प्रथम निर्वाचित अध्यक्ष रवीन्द्र खड्काको उपस्थिति रहेको थियो ।
सो अवसरमा पनौती नगरपालिकाको तर्फबाट पनि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो । नगरपालिकाले कलाकारहरूको योगदानको उच्च मूल्यांकन गर्दै चलचित्र क्षेत्र र स्थानीय सरकारबीच सहकार्यको आवश्यकता औंल्याएको थियो ।
कार्यक्रमको सञ्चालन घनश्याम खतिवडाले गर्नुभएको थियो ।
कार्यक्रममा चलचित्र तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समारोहमा अनुसासन समिति संयोजक तथा द्वन्द संघका अध्यक्ष नारायण प्रधान, कानुनी सल्लाकार अधिवक्ता कृष्ण ढुग्ना, चलचित्र संघका उपाध्यक्ष गोपाल काजी कायस्थ, नायिका शर्मिला मल्ल, रेजिना उप्रेती, विमला केसी, आरपी पन्त, चेतनारायण भुसाल, राजेश बिसुराल, दुर्गाा विसुराल, दुर्गा नेपाल, सलिना कटुवाल, सरु उप्रेती, रोहित रुम्वा, संजोग राना, राजु साही, गंगा पोखरेल, टंक पौडेल, संजय खतिवडा, महेन्द्र थापा, श्यामकृष्ण पराजुली आदीको उपस्थीति रहेको थीयो ।
यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई स्थानीय तहहरूले समेत सम्मान गर्ने क्रम जारी राखेका छन् । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन तथा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पनि आ-आफ्नो नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरी नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा बधाई ज्ञापन गर्नुभएको थियो ।
हालै सम्पन्न नेपाल चलचित्र कलाकार संघको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वलाई सरकारी निकाय, स्थानीय तह, चलचित्रसम्बद्ध संस्था तथा कलाकार समुदायबाट निरन्तर सम्मान र शुभकामना प्राप्त हुनु नेपाली चलचित्र क्षेत्रप्रतिको बढ्दो सम्मान र अपेक्षाको संकेतका रूपमा हेरिएको छ ।
कलाकारहरूको पेशागत सुरक्षा, सामाजिक सम्मान, क्षमता अभिवृद्धि तथा चलचित्र उद्योगको संस्थागत विकासमा ठोस पहल गर्ने अध्यक्ष उत्तम केसीले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उहाँले कलाकार, निर्माता, निर्देशक, प्राविधिक र सरकारी निकायबीच समन्वय र सहकार्य अझ मजबुत बनाउन आफूहरूको पहल रहने बताउनुभयो ।
कार्यक्रममा सहभागी अतिथिहरूले नयाँ नेतृत्वले चलचित्र क्षेत्रलाई एकताबद्ध गर्दै सिर्जनात्मक र व्यावसायिक उन्नयनको नयाँ अध्याय प्रारम्भ गर्ने अपेक्षा व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

टेलिकमको बिलिङ प्रणालीबाट चौथो पटक टेन्डरको म्याद थप

अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन

१ घण्टा अगाडि
प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै

प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेनलाई गंगाजलसहितकाे घडा उपहार

नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक