बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण सफलता

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण सफलता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिकित्सकहरूले क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण सफलता प्राप्त गरेका छन् ।

कुनै पनि उपचारले निको हुन नसकेका केही बिरामीहरूको ट्युमरलाई समेत पूर्ण रूपमा निको पार्ने एक नयाँ इन्जेक्सनको चिकित्सकहरुले सफल परीक्षण गरेका हुन् । ‘जोन्सन एन्ड जोन्सन‘ कम्पनीले विकास गरेको ‘अमिभान्तामाब‘ नामक यो सिरिन्जको ११ वटा देशमा क्लिनिकल परीक्षण गरिएको थियो । अन्य उपचार असफल भएपछि क्यान्सर शरीरका अन्य भागमा फैलिएका वा पुनः बल्झिएका बिरामीहरूमा यो परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा एक तिहाइभन्दा बढी बिरामीहरूको ट्युमर खुम्चिएको पाइएको छ भने सिरिन्ज लगाएको केही सातामै यसको उल्लेखनीय प्रभाव देखिएको छ। विशेष गरी १५ जना बिरामीहरूको ट्युमर पूर्ण रूपमै गायब भएको चिकित्सकहरूले उल्लेख गरेका छन् ।

लन्डनस्थित ‘इन्स्टिच्युट अफ क्यान्सर रिसर्च‘ का प्राध्यापक केभिन ह्यारिङ्टनका अनुसार केमोथेरापी र इम्युनोथेरापी दुवैले काम गर्न छाडेका बिरामीहरूमा यस्तो बलियो नतिजा देखिनु अभूतपूर्व हो। उपचारका विकल्पहरू समाप्त भइसकेका बिरामीहरूमा यो स्तरको फाइदा देखिनु निकै आश्चर्यजनक रहेको र यस औषधिले हरेक वर्ष हजारौँ बिरामीलाई बचाउन सक्ने क्षमता राख्ने उनले बताएका छन्। यस परीक्षणमा टाउको र घाँटीको क्यान्सर भएका १०२ जना बिरामीहरूलाई सहभागी गराइएको थियो, जुन संसारकै छैटौँ सबैभन्दा बढी देखिने क्यान्सर हो। तीमध्ये ४३ जनाको ट्युमर कि त खुम्चियो कि त पूर्ण रूपमा गायब भयो।

जसमध्ये २८ जनाको ट्युमर सानो भएको थियो भने १५ जनाको शरीरबाट क्यान्सर पूर्ण रूपमा हटेको थियो। टाउको र घाँटी बाहेक फोक्सोको क्यान्सर भएका बिरामीहरूमा पनि यस औषधिले उस्तै सकारात्मक नतिजा देखाएको छ । यो औषधिले क्यान्सर फैलाउने प्रोटिनलाई रोक्ने र शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाएर ट्युमरविरुद्ध लड्न मद्दत गर्ने गर्दछ। सन् २०२४ मा जिब्रोको क्यान्सर भएपछि सन् २०२५ देखि यस परीक्षणमा सहभागी भएका ५६ वर्षीय कार्ल वाल्सले औषधीको प्रभावप्रति खुसी व्यक्त गरेका छन् ।

यसअघि ऐंठन र दुखाइका कारण बोल्न र खान समेत गाह्रो हुने गरेकोमा अहिले आफूले सामान्य जीवन बिताउन थालेको उनले बताएका छन्। हाल यस औषधिको क्षमता जाँच्नका लागि विश्वभर करिब ६० वटा विभिन्न क्लिनिकल परीक्षणहरू भइरहेका छन् । मुख्यत: फोक्सोको क्यान्सरका साथै मस्तिष्क, पेट र ठूलो आन्द्राको क्यान्सरको उपचारमा यसको प्रभावकारिता अध्ययन गरिंदै छ। यो ऐतिहासिक अनुसन्धानको नतिजा सिकागोमा आयोजना हुने ‘अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी‘ को वार्षिक बैठकमा प्रस्तुत गरिँदै छ।

यो पनि पढ्नुहोस्

नारायणी अस्पतालमा पहिलो पटक एचटिसी सञ्चालन

नारायणी अस्पतालमा पहिलो पटक एचटिसी सञ्चालन

२ दिन अगाडि
कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक