शुक्र, जेष्ठ १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकपमा स्टेडियममै आत्महत्या

धारणा न्यूज by धारणा न्यूज
१३ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्वकपमा स्टेडियममै आत्महत्या
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्वकप नजिकिँदै गर्दा अहिले अमेरिका, क्यानडा र मेक्सीकोलाई आयोजनाको चटारो बढेको छ। यसबीचमा विश्वभरका समर्थकहरू विश्वकपमा आफन् देशलाई सपोर्ट गर्न त्यसतर्फ जाने क्रम समेत सुरु भइसकेको छ। इतिहासमै पहिलो पटक ४८ राष्ट्र सहभागी भइरहेको यो विश्वकप धेरै कारणले महत्त्वपूर्ण छ।

यसबीचमा इतिहासमा विश्वकपमा भएका घटनाहरू समेत चर्चामा हुने गर्छन्। फुटबल इतिहासको सबैभन्दा ठूलो र अविश्वसनीय खेलहरूमध्ये एक, मानिएको सन् १९५० को विश्वकपको फाइनल आज पनि ब्राजिलियन समर्थकले मात्र होइन धेरै फुटबल समर्थकले चासो राख्ने गर्छन्। त्यो फाइनल अर्थात अन्तिम खेललाई ‘माराकानाजो’ नामले चिनिन्छ, जसको नेपालीमा अर्थ ‘माराकानाको विपत्ति’ भन्ने हुन्छ।

ब्राजिलको रियो दि जेनेरियोस्थित प्रसिद्ध माराकाना स्टेडियममा भएको उक्त खेलसँग जोडिएका केही दु:खद् र ऐतिहासिक तथ्यहरू अहिले पनि फुटबल समर्थकहरु सम्झन्छन्। उक्त फाइनल खेल (जुन प्राविधिक रूपमा राउन्ड-रोबिनको अन्तिम खेल थियो) जहाँ आयोजक ब्राजिल जितको सबैभन्दा नजिक थियो। ब्राजिललाई विश्वकप जित्न बराबरी (ड्र) मात्र भए पुग्थ्यो। उरुग्वेलाई जित्नै पर्ने दबाब थियो।

तत्कालीन ब्राजिलियन टोली र त्यसको रवाफले यो सहज मानिएको थियो। सोहीअनुसार खेलको ४७ औं मिनेटमा गोल गर्दै ब्राजिलले खेलमा १-० को अग्रता पनि लियो। तर, उरुग्वेले उत्कृष्ट पुनरागमन गर्दै २ गोल फर्कायो र खेल २-१ ले जित्दै दोस्रो पटक विश्व विजेता बन्यो।

उक्त फाइनलमा दर्शकको कीर्तिमानी उपस्थिति थियो। उक्त खेल हेर्न स्टेडियममा आधिकारिक रूपमा १ लाख ७३ हजार ८५० दर्शक उपस्थित थिए, तर वास्तविक संख्या १ लाख ९९ हजारभन्दा बढी रहेको अनुमान गरिन्छ। यो विश्वकप इतिहासकै सबैभन्दा बढी दर्शक उपस्थित भएको खेलका रुपमा अहिले पनि कायम छ।

आयोजक ब्राजिलले उक्त विश्वकप फाइनल खेल जित्नेमा सबै यति ढुक्क थिए कि खेल अगाडि नै ‘ब्राजिल च्याम्पियन’ लेखिएका पत्रिकाहरू छापिसकिएका थिए र स्वर्ण पदकहरू तयार थिए। तर उरुग्वेले जितेपछि पूरा स्टेडियम मात्र होइन सिंगो ब्राजिल देश नै शोकमा डुबेको थियो।

स्टेडियममै आत्महत्या
ब्राजिलियनहरू आफ्नो जितमा यति ढुक्क थिए कि खेल हुनुअघि नै पत्रिकाहरूले ब्राजिललाई ‘विश्व विजेता’ घोषणा गरिसकेका थिए र रियो दि जेनेरियोको माराकाना रंगशालामा करिब २ लाख दर्शक जितको उत्सव मनाउन तयार भएर बसेका थिए।

उरुग्वेले २-१ ले खेल आफ्नो पक्षमा पारेसँगै पूरा रंगशालामा ‘मसानघाट जस्तो’ सुनसान छायो। ब्राजिलियनहरूका लागि यो केवल खेलको हार थिएन, बरु एउटा राष्ट्रिय शोक र अपमान जस्तो बनेको थियो।

खेल सकिएपछि स्तब्ध भएका दर्शकहरूमध्ये २ जनाले रंगशालाको माथिल्लो स्ट्यान्डबाट हाम फालेर आत्महत्या गरेका थिए भने केही मानिसहरूको हृदयघात (हार्टअट्याक) का कारण रंगशालामै मृत्यु भएको थियो।

यो हारले देशभर आत्महत्याको लहर ल्याएको मानिन्छ। खेल सकिएको त्यो रात र त्यसपछिका केही दिनहरूमा ब्राजिलभरि धेरै मानिसहरूले निराशामा आएर आत्महत्या गरे। कतिपय पत्रिकाहरू र स्थानीय कथाहरूमा उक्त रात देशैभरि धेरै संख्यामा मानिसहरूले ज्यान फालेको दाबी गरिन्छ, यद्यपि आधिकारिक रूपमा निश्चित संख्या पुष्टि भने भएन।

यद्यपी उक्त दौरान समर्थकहरूमा स्वास्थ्य संकट देखियो। रंगशालामा भएका डाक्टरहरूले बेहोस भएका, गम्भीर मानसिक आघातमा परेका १६९ जनाभन्दा बढी मानिसहरूको उपचार गर्नुपरेको थियो।

…अनि त्यागियो सेतो जर्सी
यो हारको चोट ब्राजिलियन समाजमा यति गहिरो पर्यो कि ब्राजिल टोलीले त्यसपछि आफ्नो सदाबहार सेतो जर्सी लाई ‘अशुभ’ मान्दै सधैँका लागि त्यागिदियो र त्यसपछि अहिलेको प्रसिद्ध पहेंलो र नीलो जर्सी प्रयोग गर्न थालियो। जुन अहिले पनि ब्राजिलको पहिचानका रुपमा कायम रहेको छ।

गोलरक्षक मोआसिर बारबोस जीवनभर दोषी!
ब्राजिलका गोलकिपर मोआसिर बारबोसालाई यो हारको मुख्य दोषी देखाइयो र उनले आफ्नो बाँकी जीवन समाजबाट तिरस्कृत भएर बिताउनु पर्यो। उनले पछि भनेका थिए, ‘ब्राजिलमा कडा भन्दा कडा अपराधको सजाय पनि ३० वर्षको हुन्छ, तर मैले नगरेको अपराधको सजाय ५० वर्षसम्म भोग्नुपर्‍यो।’

फुटबल खेलले कुनै देशको राष्ट्रिय पहिचान र मानिसहरूको भावनालाई कुन हदसम्म प्रभाव पार्न सक्छ भन्ने कुराको यो एउटा सबैभन्दा ठूलो र डरलाग्दो उदाहरणका रुपमा रहेको छ।

यो पनि पढ्नुहोस्

रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

१ दिन अगाडि
फिफा विश्वकप–२०२६ का लागि नेदरल्यान्ड्स टोलीको घोषणा

फिफा विश्वकप–२०२६ का लागि नेदरल्यान्ड्स टोलीको घोषणा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ

बजेटलाई अन्तिम रूप दिन दिदै अर्थमन्त्री

सरकारद्वारा आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक