बिहि, जेष्ठ १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘रोल नं १’बारे मुकुन, सुशांक र रेणुले के भने ?

धारणा न्यूज by धारणा न्यूज
१३ घण्टा अगाडि
Reading Time: 1 min read
0
चलचित्र ‘रोल नं १’ निर्माण हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । जेठ १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रोल नं १’का कलाकारले सिनेमाले बालमनोविज्ञान र स्वतन्त्र रुचिको विषय उठान गरेको बताएका छन् । बालबालिकालाई कक्षामा प्रथम हुन अभिभावकले दिने दबाब र त्यसको प्रभावको कथा सिनेमाले भन्ने कलाकारहरूको भनाइ छ ।

प्रथम हुने व्यक्ति मात्रै विद्वान अरु सबै मुर्ख हुन् भन्ने नेपाली समाजको बुझाईको विरुद्ध सिनेमाले आवाज उठाउने अभिनेता मुकुन भुसालको भनाइ छ । यो सिनेमाको स्लोगन ‘प्रत्येक विद्यार्थीको कथा’ रहेको छ ।

“हाम्रो प्रचारको कन्टेन्टमा पनि कक्षामा पहिलो हुने मात्रै विद्वान अरु सबै मुर्ख भनेर उल्लेख गरेका छौँ, चलचित्रको कथा त्यही नै हो,” उनले भने, “आफूले पूरा गर्न नसकेको सपना आफ्ना सन्तानमार्फत पूरा गर्न चाहने हाम्रो समाजको सोच हो । यसका लागि हामी जबरजस्ती सन्तानलाई आफ्नो सपना पूरा गराउन बाध्य बनाउने प्रयास गर्छौं ।”

यो सोच र मनोविज्ञानमा परिवर्तन आउनुपर्छ भनेर ‘रोल नं १’ले आवाज उठाउने उनको भनाइ छ । विद्यार्थीको रुचि अनुसार उनीहरूलाई स्वतन्त्र छोडिदिनु पर्ने र त्यसमा मात्रै उनीहरू सफल हुने उनको तर्क छ ।

आफूले रोजेको क्षेत्र र विषयमा काम गर्दा थोरै मेहनतले पनि धेरै उपलब्धी हासिल गर्न सकिने उनको भनाइ छ । “म आफैँ पनि यस्तै वातावरणबाट हुर्किएर आएको हुँ । रातरातभर घोकेर पढेको हुँ,” मुकुन भन्छन्, “सायद मैले रुचि भएको विषय स्कुलमा पढेको भए रातभर नपढेर आधा घण्टामै पो बुझ्न सकिन्थ्यो कि ।”

आफूले जिन्दगीभर भोगेको गरिबीबाट कसरी बाहिर आउने र सन्तानलाई यसबाट मुक्ति दिने भन्ने सोच अभिभावकमा हुने गरेको उनी बताउँछन् । “त्यसैले गरिबीबाट उम्किने उपाय शिक्षा नै हो भन्ने बुझाई हामीमा छ । त्यसको प्रभाव नेपाली समाजमा छ, र आफ्ना छोराछोरीलाई हामी पढ्न दबाब दिन्छौँ,” उनले भने ।
बच्चाको भविष्य राम्रो होस् भनेर सकारात्मक सोचले बुवा–आमाले पढाइका लागि दबाब दिए पनि त्यसले पार्ने नकारात्मक सोचको कथा सिनेमाले भन्ने मुकुन बताउँछन् । तर, पढ्नु पर्दैन अथवा पढाईमा मेहनत नगरे पनि हुन्छ भन्ने गलत सन्देश भने सिनेमाले प्रभाह नगर्नेमा ढुक्क हुन उनको आग्रह छ ।

“सिनेमामा धेरै कुरा छन् । जिन्दगीमा सफल हुन शिक्षित चाहिँ हुनुपर्छ भन्ने सन्देश पनि दिन्छ,” उनी प्रस्ट पार्छन्, “पढ्नै पर्दैन भन्ने होइन, सफल हुन पनि पढ्नुपर्छ भन्ने पनि छ । तर, के पढ्ने, कसरी पढ्ने र पढाउने भन्ने कुरा मात्रै हो ।”

अभिनेता सुशांक मैनालीले अभिभावकको दबाबका कारण छोराछोरीको जीवनमा आउने कथा चलचित्र ‘रोल नं १’ले भन्ने बताए । दबाब र प्रभावका भरमा पढेको र घोकेको विषय दिमागमा धेरै समय नरहने उनको भनाइ छ । अरुको दबाबमा गएको क्षेत्रमा धेरै लामो समय टिक्न र त्यसमा सक्षम हुन नसकिने उनले प्रस्ट पारे ।

“यो सिनेमा बाबु र छोराबीचको अन्तरद्वन्द्व पनि हो । हरेक अभिभावकमा मेरो छोरा म जस्तै अथवा म बन्न नसेके पनि यो बनोस् भन्ने हुन्छ,” सुशांक भन्छन्, “आफ्नो इच्छा छोरामार्फत पूरा गर्न दिने दबाब र त्यसका लागि हुने संघर्षको कथा यो सिनेमामा छ ।”

उनले बच्चाको इच्छा जे हो, त्यसको पहिचान गरेर सुरुमै त्यसतर्फ अगाडि बढाउन सके हरेक व्यक्ति आफ्नो जीवनमा सफल हुने उनको भनाइ छ । प्लस टु वा व्याचलर्स सकेर फेरि अर्को विधा वा सेक्टरमा जाने अवस्था रहेको र त्यसले बच्चा र अभिभावकको नै धेरै समय र पैसा खर्च भइसकेको हुने उनी बताउँछन् ।

अहिलेको सरकारले कक्षा पाँचसम्म परीक्षा लिनु हुन्न भनिरहेका बेला ‘रोल नं १’ले पनि यही विषय उठान गरिरहेको तर यो संयोग मात्रै भइरहेको अभिनेता सुशांकको भनाइ छ ।

यद्यपि, सरकारको एजेन्डा सिनेमाले नबोकेको उनले प्रस्ट पारे । तर, सरकारले उठान गरेको विषय सही भएकाले नै धेरैको जनसमर्थन पाइरहेको सत्यलाई भने स्वीकार्नुपर्नेमा उनको जोड छ । “तर, सकारको एजेन्डा भने सिनेमाले बोक्दैन,” उनी भन्छन् ।

“यो सरकार बन्नुभन्दा पहिला नै हाम्रो सिनेमाको छायांकन भइसकेको थियो । सरकारमा रहेका मान्छे पनि हामी माझबाटै गएका हुन्,” मुकुन भन्छन्, “राम्रो कुरा सबैले सोच्छन् । सबैले केही राम्रो गरौँ भनेर सोच्ने हो । यसक्रममा सोच मिल्यो होला ।”

बालमनोविज्ञानमा आधारित रहेर ‘रोल नं १’ बनेको अभिनेत्री रेणु योगीको भनाइ छ । गरिबीमा आफ्नो सन्तान बाँच्न नपरोस् भनेर बाबुले सन्तानलाई दिने सपनाको कथा चलचित्रमा रहेको उनको भनाइ छ ।

बाबुआमाले बच्चालाई दबाब दिँदा उसको बालमनोविज्ञानमा पर्ने प्रभाव र त्यसले उसको जीवनमा पार्ने प्रभाव चलचित्र ‘रोल नं १’मा हेर्न सकिने रेणुको भनाइ छ ।

बच्चा कति संवेदनशील हुन्छन् भन्ने यथार्थलाई सिनेमाले प्रष्ट पार्नेमा उनी ढुक्क छिन् । “एक हिसाबले हेर्दा बुवाआमाले भनेको पनि ठिकै हो त भन्ने लाग्छ, अर्को हिसाबले म भए अलि प्रोटेक्ट पो गर्थें कि भन्ने पनि लाग्दोरहेछ,” उनले भनिन्, “तर, अन्ततः बच्चको इच्छा जे छ, त्यसमै उसलाई गाइड गर्नु राम्रो हो भन्ने लाग्छ । म भए बच्चाको पक्षमा लाग्थेँ ।”

विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदैछ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन् ।

यो पनि पढ्नुहोस्

रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

५ घण्टा अगाडि
जनक परियारको स्पष्टिकरणः आस्थामाथि प्रहार भन्दा पनि दलितको पीडा बोलेको हो

जनक परियारको स्पष्टिकरणः आस्थामाथि प्रहार भन्दा पनि दलितको पीडा बोलेको हो

६ घण्टा अगाडि
Photo Drive Link :

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

फिफा विश्वकप–२०२६ का लागि नेदरल्यान्ड्स टोलीको घोषणा

आपराधिक लाभ मुद्दाका फरार प्रतिवादी पक्राउ

जनक परियारको स्पष्टिकरणः आस्थामाथि प्रहार भन्दा पनि दलितको पीडा बोलेको हो

आज  मुस्लिमको बकर इद मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक