मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

जटिल समस्यामा राजनीति नगरौं, समाधान खोजौं

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
वालेन्द्र शाह (बालेन) को नेतृत्वमा रहेको सरकारले सुकुम्बासी समस्या समाधानलाई प्राथमिकतामा राखेको छ । यो प्रयास सराहनीय छ । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई होल्डिङ सेन्टर र अस्थायी सेल्टरमा राखेर तत्कालीन राहत प्रदान गरेको छ । तर, यो अस्थायी व्यवस्था मात्र हो । उनीहरूलाई स्थायी आवास, जग्गा वितरण र रोजगारीको व्यवस्था नभएसम्म यो समस्या पूर्ण रूपमा समाधान भएको मान्न सकिँदैन ।
सरकारले आफ्नो १०० कार्यसूचीमा वर्षौंदेखि अल्झिँदै आएको यो समस्या समाधान गर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ । उनीहरूलाई जग्गा वा आवास उपलब्ध गराउने, वैकल्पिक रोजगारीको व्यवस्था गर्ने र दिगो बसोबासको सुनिश्चितता गर्ने योजना अघि सारेको छ । यो प्रयासलाई सकारात्मक रूपमा लिनुपर्छ । किनकि विगतका सरकारहरूले यो समस्यालाई समाधान गर्नुभन्दा बढी भोट बैंकको रूपमा प्रयोग गरे ।
वर्षौंदेखि नेपालमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या जटिल बन्दै गएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा हजारौं परिवार भूमिहीन छन्, उनीहरूले न्यूनतम आवास र गरिखाने अवसरबाट वञ्चित छन् । यही समस्यालाई लिएर अहिले राजनीतिक वृत्तमा बहस चर्किएको छ । तर, यो जटिल सामाजिक तथा आर्थिक समस्यालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्नुको साटो समाधानकेन्द्रित दृष्टिकोण अपनाउनु पर्नेमा सबैको जोड छ ।
तर दुःखको कुरा, यो जटिल समस्यालाई केही विपक्षी दलहरूले राजनीतिक हतियार बनाउन खोजिरहेका छन् । नेपाली कांग्रेस, एमाले र अन्य दलहरूले विगतका वर्षहरूमा सुकुम्बासी समस्या समाधान गर्न कुनै ठोस कदम चालेनन् । बरु उनीहरूलाई चुनावी समयमा आश्वासन दिएर भोट संकलन गर्ने र त्यसपछि बिर्सने प्रवृत्ति देखिन्थ्यो । अहिले सरकारले यो समस्या समाधान गर्न प्रयास गर्दा उही दलहरूले अनावश्यक दबाब सिर्जना गर्न थालेका छन् ।
यो राजनीतिकरणले सुकुम्बासीहरूको वास्तविक पीडालाई सम्बोधन गर्नुभन्दा बढी सरकारलाई अल्झाउने काम मात्र गरेको छ । जुन दलहरूले दशकौंसम्म यो मुद्दालाई समाधान गर्न सकेनन्, तिनीहरूले अहिले सरकारलाई आलोचना गर्नु उचित होइन । समस्या समाधान गर्न सरकारलाई पर्याप्त समय र अवसर दिनुपर्छ । राजनीतिक स्वार्थले जटिल समस्यालाई थप जटिल बनाउँछ ।
हालै नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ । सोमबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गरी समितिले १५ बुँदे माग राख्दै सिंहदरबार घेराउ, नेपाल बन्दजस्ता कार्यक्रम सार्वजनिक गरेको छ । समितिका मागहरूमा सुकुम्बासीहरूलाई तत्काल जग्गा वितरण, आवास निर्माण, आर्थिक सहयोग र रोजगारीको व्यवस्था लगायत छन् । यी मागहरू जायज छन् । तर, यिनलाई पूरा गर्न सरकारलाई दबाब दिने नाममा देशव्यापी बन्द र घेराउ जस्ता कार्यक्रमले आम जनजीवन प्रभावित हुन्छ । यस्ता कार्यक्रमले सुकुम्बासी समस्यालाई समाधानतर्फ लैजानुभन्दा बढी अराजकता निम्त्याउने खतरा छ ।
सुकुम्बासी समस्या केवल आर्थिक वा भौतिक होइन, यो मानवीय तथा सामाजिक मुद्दा हो । वर्षौंदेखि भूमिहीन भएर बसिरहेका परिवारहरूले आवास र जीविकोपार्जनको अधिकारबाट वञ्चित छन् । उनीहरू पनि नेपालका नागरिक हुन् । राज्यले आफ्ना नागरिकलाई न्यूनतम बसोबास र गरिखाने वातावरण उपलब्ध गराउनु नैसर्गिक दायित्व हो । तर, यो समस्या समाधान गर्न राजनीतिक खेल खेल्ने होइन, रचनात्मक र व्यावहारिक समाधान खोज्नुपर्छ । सरकारले जुन योजना अघि सारेको छ, त्यसलाई सफल बनाउन सबै पक्षबाट सहयोग आवश्यक छ । विपक्षी दलहरू, सुकुम्बासी समितिहरू, नागरिक समाज र सरोकारवाला सबैले राजनीतिक स्वार्थभन्दा माथि उठेर सहकार्य गर्नुपर्छ ।
सरकारले पनि पारदर्शी र निष्पक्ष रूपमा काम गर्नुपर्छ । जग्गा वितरण प्रक्रियामा कुनै भेदभाव, भ्रष्टाचार वा राजनीतिक प्रभाव पर्न दिनु हुँदैन । वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूलाई प्राथमिकता दिनुपर्छ । साथै, दीर्घकालीन समाधानका लागि शहरी विकास, भूमि व्यवस्थापन र रोजगारी सिर्जनाका कार्यक्रमहरूलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ ।
अहिले सुकुम्बासीहरू होल्डिङ सेन्टरमा बसिरहेका छन् । यो अस्थायी व्यवस्था हो । उनीहरूलाई स्थायी आवास उपलब्ध गराउन जग्गा छनोट, पूर्वाधार निर्माण र आर्थिक सहयोगको प्रक्रिया छिटो हुनुपर्छ । सरकारले जुन प्रतिबद्धता गरेको छ, त्यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ । यसका लागि कानुनी संरचना, पर्याप्त बजेट र प्राविधिक टोलीको आवश्यकता छ । साथै, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहयोगलाई पनि समावेश गरेर ठूलो स्तरको आवास योजना लागू गर्न सकिन्छ । विगतका असफलताबाट सिक्दै नयाँ मोडेल अपनाउनु पर्छ ।
जटिल समस्यामा राजनीति गर्नु भनेको पीडित जनताको घाउमा नुन छर्नु हो । सुकुम्बासी समस्या समाधान गर्न सरकारले अघि बढाएको प्रयासलाई सबैले सकारात्मक रूपमा लिनुपर्छ । विपक्षी दलहरूले विगतको असफलता स्वीकार गर्दै सरकारलाई सहयोग गर्नुपर्छ । सुकुम्बासी समितिहरूले पनि दबाबसँगै समाधानकेन्द्रित संवादलाई प्राथमिकता दिनुपर्छ । सुकुम्बासीहरूको आवास र जीविकोपार्जनको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो । यो दायित्व पूरा गर्न राजनीतिक दलहरू, नागरिक समाज र सरकारबीच साझा समझदारी आवश्यक छ । राजनीतिक स्वार्थले होइन, समाधानले नै यो देशलाई अघि बढाउँछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल

१४ घण्टा अगाडि
नेकपा गठन भएको ९ महिनापछि  धनकुटामा एकता

नेकपा गठन भएको ९ महिनापछि धनकुटामा एकता

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आर्थिक क्रियाकलाप अघि बढाउनु आजको आवश्यकता

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्याे

प्रधानमन्त्रीले पुँजी बजार बारेमा विशेष छलफल गर्ने

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक