बुध, जेष्ठ १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘सुकम्बासीको घर भत्किँदा रविको छाती कहाँ गयो ?’

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
‘सुकम्बासीको घर भत्किँदा रविको छाती कहाँ गयो ?’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले विना विकल्प सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् । उनिहरुले सरकारको नेतृत्व गरेको पार्टीका सभापति रवि लामिछानेले चुनावको बेला बोलेको कुरालाई स्मरण गर्दै ‘रबिको छाती कहाँ गयो ?’ भन्ने प्रश्न समेत गरे । सुकुम्बासी समस्या कानुन निर्माण भएर पुर्जा वितरणको अन्तिम चरणमा पुगेको तर सरकारले अमानवीय ढंगबाट डोजर चलाएको उनिहरुले दाबी गरे ।
बुधबार संवाद डबलीमा नेपाल भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा नेकपा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले सरकार गरिब तथा सुकुम्बासीको अभिभावक बन्नुपर्नेमा राज्य आतंक सिर्जना गरेको बताइन् । उनले आफू मन्त्री भएको बेला सुकुम्बासीलाई पुर्जा वितरणको लागि आवश्यक पर्ने सबै कानुन बनाएको स्मरण गर्दै भनिन् ‘म मन्त्री हुँदा सुकुम्बासीलाई पुर्जा वितरणको लागि आवश्यक पर्ने सबै कानुन बनाएर आयोग र पालिकासँग सहकार्य गरेर पुर्जा वितरणको अन्तिम तयारमा थियौं । हामीले १२ लाख सुकुम्बासीको पहिचान समेत गरिसकेका थियौं । हामी पुर्जा वितरणको तयारमा थियौं तर दुईतिहाईको सरकारले डोजर चलायो ।’ उनले पहिचान भइसकेकालाई पुर्जा वितरण गरेर अगाडि बढ्न वर्तमान सरकारलाई अबसर भएको तर सरकारले राज्य आतंक सिर्जना गरेको दाबी समेत गरिन् ।
अधिवक्ता एकराज भण्डारीले नागरिकलाई संविधानले बसोबासको अधिकार सुनिश्चित गरेको बताउँदै विना विकल्प डोजर चलाउन कानुनीरुपमा र मानवीयरुपमा सही नभएको बताए ।
नेकपा माओवादीकी नेतृ सावित्रा दुराले सरकार वास्तविक सुकुम्बासीको समस्यामा गम्भीर नभएको बताइन् । उनले नागरिकले देशमा बस्न पाउनुपर्ने नैसर्गिक अधिकार भएको तर यो सरकारले त्यो हनन् गरेको बताइन् । उनले आफ्नो पार्टीले सुकुम्बासीको साथमा रहेको बताउँदै अधिकारको लागि गरिने आन्दोलनमा एक्येवद्धता समेत जाहेर गरिन् ।
पूर्वभूमि आयोगका उपाध्यक्ष नहिन्द्र खड्काले सरकारले सुकुम्बासीलाई समस्या समाधान भन्दापनि स्टन्ट गर्न डोजर चलाएको बताए । उनले आफूहरुले आयोगमा हुँदा कानुन निर्माण र वास्तविक सुकुम्बासीको पहिचान गरि पुर्जा वितरण सुरु गरेको तर अहिले रोकिएको बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका युवा नेता नविन खड्का, श्रम संस्कृति पार्टीका नेता जितजंग तामाङ, अभियान्ता बलबहादुर नेपालीले समेत वर्तमान सरकार सुकुम्बासीप्रति संवेदनशील नभएको दाबी गरेका थिए । उनिहरुले उठिबास लगाएर होल्डिङ सेन्टरमा सुकुम्बासीलाई सरकारले अमानवीयरुपमा राखेको दाबी गर्दै आफ्नो अधिकारको लागि देशभरका सुकुम्बासीले एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै विरेन्द्र बिकले नेपालमा भुमिहिन दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या दशकौँदेखि विद्यमान सामाजिक, आर्थिक तथा राजनीतिक समस्या भएको बताए । उनले नेपालको संविधान २०७२ ले आवास, सामाजिक न्याय तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको बताउँदै त्यसलाई चुनौती दिने गरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको निर्देशनमा काठमाडौं, कोहलपुर, बुटवल मोरङ्गसहित ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर बलपूर्वक डोजर आतंक मच्चाएको बताए । उनले होल्डिङ सेन्टरमा महिला, बालबालिका,बृद्ध बृद्धालाई बिचल्ली पारेको भन्दै कानुनी, मानवीय तथा दिर्घकालिन समस्या समाधान आवश्यक रहेको बताए ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते

४ घण्टा अगाडि
भाषा ऐन लागु नभएकाेप्रति खेद व्यक्त

भाषा ऐन लागु नभएकाेप्रति खेद व्यक्त

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेन र युरोपेली सङ्घ राजदूतहरूबीच भेटवार्ता

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

अमेरिकामा विश्वकप र मेजर लिग क्रिकेट प्रतियोगिता एकै समयमा हुने

हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते

कर फर्स्योट आयोगको प्रकरणमा मुछिएका विशेष अदालत हाजिर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक