काठमाडाैं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता–२०८३को चौथो संस्करण सम्पन्न भएको छ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । प्रतियोगिताको समापन समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले च्याम्पियन बनेको टिमलार्ए ट्रफी प्रदान गरे ।
जेठ ४ गतेदेखि सुरु भएको प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन गरिएको थियो। प्रतियोगितामा १२ वटा क्लबका २१८ खेलाडीले १३ विधामा प्रतिस्पर्धा गरेका थिए।
समापन कार्यक्रममा बलाधिकृत, तीनवटै सुरक्षा निकायका प्रमुख, रथीवृन्द, राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल टेनिस संघका पदाधिकारी, विभिन्न टेनिस क्लबका प्रतिनिधि, सञ्चारकर्मी र खेलाडीहरूको उपस्थिति थियो।


