सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपाद्वारा प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार स्थानीय तह, जिल्ला र प्रदेशलाई समेटेर ५ असारसम्मको कार्यतालिका सार्वजनिक गरेको हो । रास्वपाको महाधिवेशन ७–९ असारसम्म चितवनमा हुँदै छ ।

आयोग उपप्रमुख राम गुरुङका अनुसार पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका स्वीकृत गरिएको छ । कार्यतालिकाअनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन संकलनलगायतका कार्यहरू गर्न समयसीमा तोकिएको छ ।

कार्यतालिकाअनुसार १५ जेठसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने भनिएको छ । १० जेठसम्म आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने भनिएको छ । २० जेठसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने भनिएको छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार वडा र पालिकाहरूको अधिवेशन सकिने चरणमा छ । २३ र २४ जेठमा देशभरै जिल्ला अधिवेशन हुने उनले बताए । २५ जेठसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेस गर्ने भनिएको छ । यस्तै, बागमतीमा २६ जेठ, कोशीमा २७, मधेशमा २८, गण्डकीमा २९, लुम्बिनीमा ३०, कर्णालीमा ३१ र १ असारमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने गरी कार्यतालिका बनेको बुर्लाकोटीले बताए ।

यस्तै, ३० जेठसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गर्ने भनिएको छ । ५ असारसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेस गर्ने र इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफल गरिसक्ने भनिएको छ । कार्यतालिकाअनुसार सबै जिल्ला सभापतिहरूसँग आवश्यक समन्वय गर्न सम्बन्धित प्रदेश सभापतिहरूलाई निर्देशन दिइएको छ । ७७ जिल्लाबाटै कम्तीमा दुई हजार पाँच सय प्रतिनिधिको सहभागिता रहनेछन् । ७७ जिल्लामा केन्द्रीय सदस्यहरूलाई समन्वयका लागि तोकिँदै छ ।

महाधिवेशन तयारीका लागि गठन भएका उपसमितिहरूले पनि काम गरिरहेको बुर्लाकोटीले बताए । उनका अनुसार प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, सुरक्षा समिति, सूचना प्रविधि, साजसज्जा समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार समिति, सांस्कृतिक कार्यक्रम समिति, अतिथि सत्कार समिति, विधान संशोधन समिति गठन गरिएको छ ।

पार्टीको जन्मदेखि अहिलेसम्मको दायरा विस्तार, जनअपेक्षाले महाधिवेशन ऐतिहासिक हुने र जनताको समस्या सम्बोधन, सुशासन र समृद्धि हासिल गर्न सक्ने गरी काम गर्न सक्ने पार्टी बनाउन खोजेको बुर्लाकोटीले बताए । ‘असार ७ गते पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन उद्घाटन हुन्छ चितवनमा । ८ र ९ असारमा अन्य कार्यक्रम सम्पन्न गरेर पार्टी अगाडि बढ्छ,’ उनले भने ।

पार्टी स्थापनाको चार वर्षपछि हुन लागेको प्रथम ऐतिहासिक महाधिवेशनले मूल नेतृत्व परिवर्तन नगर्ने भएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले महाधिवेशनबाट सभापति रवि लामिछाने नै हुने बताए । वरिष्ठ नेतामा बालेन्द्र शाह दोहोरिनेछ ।

‘पार्टीको मौजुदा संरचना ख्यालमा राखेर पार्टीले नै सरकार सञ्चालन गरिरहेको छ । सबैलाई सन्तुलनमा राखेर हेर्दा पार्टीको मूल नेतृत्व परिवर्तन हुने संकेत छैन । पार्टी सभापति रवि लामिछानेज्यू नै हुनुहुन्छ । र, सरकारको नेतृत्व पार्टीका वरिष्ठ नेता र संसदीय दलका नेताले गरिरहनुभएको छ । यो सन्तुलन मिलाएर पार्टी अगाडि बढ्छ,’ बुर्लाकोटीले भने । अन्य पदाधिकारी पदमा भने प्रतिस्पर्धा हुन सक्ने उनको भनाइ छ । महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीमा नेताहरूले आ–आफ्नै तरिकाले आकांक्षा राखिरहेका छन् ।

यो पनि पढ्नुहोस्

भाेलि एमालेकाे सचिवालय बैठक बस्दै

संविधान संशोधन विधेयक पारित गर्ने विपक्षमा एमाले

३ घण्टा अगाडि
एमालेको बैठक असार दोस्रो साता बस्दै

एमालेको बैठक असार दोस्रो साता बस्दै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

मुद्राको विनिमयदर सार्वजनिक

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

थिचोमिचो विरुद्ध प्रदर्शन

अफगानिस्तानमा  बाढीबाट १० जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक