सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । बुटवलस्थित भेस्पा तथा अप्रिलिया शोरुमको आयोजनामा सम्पन्न विशेष स्कुटर यात्रा कार्यक्रमले आन्तरिक पर्यटन, मित्रता र सामूहिक यात्राको उत्कृष्ट सन्देश दिएको छ। बिहानै शोरुम परिसरमा भेला भएका सहभागीहरूको उपस्थिति दर्ता, सुरक्षा ब्रिफिङ तथा यात्रासम्बन्धी आवश्यक समन्वयपछि आकर्षक ढंगले सजिएका स्कुटरहरूको समूहले औपचारिक रूपमा यात्रा सुरु गरेको थियो।

अनुशासित रूपमा अघि बढेको स्कुटर र्‍याली बुटवलका मुख्य सडक हुँदै हरियाली वातावरणतर्फ अघि बढ्दा सर्वसाधारणको समेत ध्यान आकर्षित गरेको थियो। खुला सडक, प्राकृतिक दृश्य र समूहगत यात्राको उत्साहले सहभागीहरूलाई फरक अनुभूति दिलाएको जनाइएको छ।

करिब ४२ किलोमिटर दुईतर्फी दूरी पार गर्दै टोली तिलोत्तमा नगरपालिका–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटल प्रालिमा पुगेको थियो। होटल व्यवस्थापनले सहभागीहरूलाई आत्मीय स्वागत गर्दै विशेष आतिथ्यता प्रदान गरेको थियो। हरियाली वातावरण, शान्त प्राकृतिक परिवेश, खुला संरचना तथा व्यवस्थित सेवाले सहभागीहरूको मन जितेको थियो।

होटल परिसरमा साथीभाइसँग बसेर गरिएको खाजा, हाँसो, रमाइलो र आत्मीय संवाद कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। सहभागीहरूले प्राकृतिक वातावरणमा स्वादिष्ट परिकारसँग बिताएको समय अत्यन्त स्मरणीय बनेको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमका क्रममा सहभागीहरूले होटल परिसरमा सामूहिक भेटघाट, तस्बिर तथा भिडियो निर्माणका गतिविधिहरू समेत गरेका थिए। विशेषगरी बियर गार्डेन, खुला विश्रामस्थल तथा प्रकृतिमैत्री काठका आकर्षक भिल्लाहरू सहभागीहरूको रोजाइमा परेका थिए। सहभागीहरूले टाइगर फरेस्ट होटललाई केवल होटल मात्र नभई परिवार, साथीभाइ, पिकनिक, विवाह तथा विभिन्न समूहगत कार्यक्रमका लागि उपयुक्त प्राकृतिक गन्तव्यका रूपमा वर्णन गरेका थिए। बुटवल नजिकै शान्त, व्यवस्थित र हरियाली वातावरणसहितको यस्तो आकर्षक स्थल हुनु पर्यटन प्रवर्द्धनका दृष्टिले सकारात्मक पक्ष भएको उनीहरूको भनाइ थियो।

सुरक्षित, व्यवस्थित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको यस स्कुटर यात्राले सहभागीहरूबीच आत्मीय सम्बन्ध अझ बलियो बनाउनुका साथै टाइगर फरेस्ट होटललाई आन्तरिक पर्यटन तथा छोटो दूरीको उत्कृष्ट विश्रामस्थलका रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

 

यो पनि पढ्नुहोस्

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

११ मिनेट अगाडि
क्यूवाली बयोबृद्ध क्रान्तिकारी नेता राउल क्याष्ट्रोमाथिको अमेरिकी झूटा मुद्धा खारेज गर

क्यूवाली बयोबृद्ध क्रान्तिकारी नेता राउल क्याष्ट्रोमाथिको अमेरिकी झूटा मुद्धा खारेज गर

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

मुद्राको विनिमयदर सार्वजनिक

क्यान महासंघमा नेतृत्व परिवर्तन

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक