आइत, असार २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय सचिवालय  बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढेको छ । शुक्रबारको बैठकमा चार उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा मागेकोमा शनिबार पनि महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेका हुन् ।

यसअघि अध्यक्ष ओलीलाई साथ दिँदै आएका महासचिव शंकर पोखरेलले शनिवारको बैठकमा खुलेरै ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको एक नेताले जनाए ।

‘पार्टी पुनर्गठनको आवाज ठुलो छ । अव पार्टी यतिकै अवस्थामा अघि बढ्न सक्दैन’, महासचिव पोखरेलले बैठकमा भनेका छन्, ‘यथास्थितिबाट अघि बढ्न सकिँदैन ।’ पोखरेलले राजीनामाको शब्द प्रयोग नगरेर मार्ग प्रशस्त भन्ने शब्द प्रयोग गरेका थिए । तर, बैठकमा उपमहसचिव योगेश भट्टराईले भने राजीनामा शब्द नै प्रयोग गरेका थिए ।

पोखरेल र भट्टराईबाहेक शनिवारको बैठकमा उपमहासचिव रघुवीर महासेठ, लेखराज भट्ट लगायतले पनि आफ्नो धारणा राखेका थिए । त्यस्तै सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, महेश बस्नेत, हिक्मत कार्की लगायतले अहिलेको पार्टीको अवस्थाबारे आफ्ना धारणा राखेका थिए ।

भोलिको बैठकमा शेरधन राई,भानुभक्त ढकाल, खगराज अधिकारी र यमलाल कँडेलले धारणा राखेपछि बैठक सकिने छ ।

यसअघि शुक्रबार उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल,पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्टले धारणा राखेका थिए ।

उपाध्यक्ष थापाबाहेकका नेताहरूले पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

‘१८ वर्षभन्दा कम उमेरका व्यक्ति रास्वपाकाे सदस्य नरहने

३ दिन अगाडि
रास्वपाका नवनिर्वाचित पदाधिकारीहरुले लियाे शपथ ग्रहण

रास्वपाका नवनिर्वाचित पदाधिकारीहरुले लियाे शपथ ग्रहण

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक