शुक्र, जेष्ठ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकप लिग २ सिरिजमा नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दै

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्वकप लिग २ सिरिजमा नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । क्रिकेट विश्वकप लिग २ सिरिजमा नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल विहान साढे ९ बजे सुरु हुनेछ।

नेपालले सन् २०२४–२६ को लिग २ को यात्रामा घरेलु मैदानमा खेल्ने यो अन्तिम खेल हो।

यसक्रममा नेपालले घरेलु मैदानमा ११ मध्ये ६ खेल जितेको छ, त्यसमा एक खेल अमेरिकाविरुद्ध गत शनिबार थियो। उत्कृष्ट ब्याटिङ सुरुआत गरेको अमेरिकालाई २ सय रनमुनि रोक्दै नेपालले कुशल भुर्तेलको शतकपछि ९ विकेटको सानदार जित पाएको थियो। जिम्बावेमा सन् २०२३ को विश्वकप छनोटयता नेपालले अमेरिकामाथि पाएको यो पहिलो विजय हो।

आठ राष्ट्र सहभागी लिग २ मा एउटा टोलीले कुल ३६ खेल खेल्नेछ। त्यसमध्ये १२ घरेलु मैदान, १२ तटस्थ भूमि र १२ विपक्षीको भूमिमा खेल्नुपर्ने प्रावधान छ।

२०२०–२३ को लिग २ को पछिल्लो सर्कलमा नेपालले घरेलु मैदानमा १२ मध्ये १० खेल जितेको थियो। त्यसअनुरुप नेपालले यस साइकलमा घरेलु मैदानमा कमजोर नतिजा ल्याएको छ, तर नेपालले बलियो प्रतिद्वन्द्वीका कारण अघिल्लो साइकलको तुलनामा कम खेल जितेको देखिन्छ।

नेपालले यस साइकलको २०२४ को पहिलो शृंखलामा नेदरल्यान्ड्ससँग एक खेलमात्र जितेको थियो भने नामिबियासँग दुई खेल र डच टोलीविरुद्ध एक खेलमा पराजय बेहोरेको थियो।

अघिल्लो महिना यूएई र ओमानसम्मिलित घरेलु सिरिजमा नेपालले यूएईविरुद्ध दुवै र ओमानविरुद्ध एक खेलमा विजयी नतिजा निकालेको थियो भने ओमानसँग एक खेलमा हार भोगेको थियो। यस सिरिजमा नेपालले स्कटल्यान्डसँग एक खेल जित्यो भने अर्को खेलमा पराजय भोग्यो।

अमेरिकासँग जित हात पारे पुबुदु दासानायकेको टोलीविरुद्ध नेपालले घरेलु मैदानमा खेलिएको लिग २ को यात्रा ‘क्लिन स्विप’ गर्नेछ।

सन् २०२० मा पछिल्लो पटक काठमाडौं आउँदा अमेरिका दुवै खेलमा नेपालसँग पराजित भएको थियो। अमेरिकाले बुधबार स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो, जुन नेपाली भूमिमा लिग २ मा अमेरिकाको पहिलो जित थियो।

अमेरिका लिग २ को शीर्षस्थानका साथ नेपाल आएको थियो, तर स्कटल्यान्ड र नेपालसँग पहिलो दुई खेलमा पराजित भएपछि टोलीले शीर्षस्थान स्कटल्यान्डलाई सुम्पेको थियो।

तर, स्कटल्यान्डमाथि नै विजयपछि अमेरिका पुनः लिग २ को शीर्षस्थानमा उक्लिएको हो।  नेपालमाथि विजय हात पारे अमेरिकाले शीर्षस्थान थप बलियो बनाउने छ।

अमेरिकाको २७ खेलमा ३८ र स्कटल्यान्डको ३२ खेलमा ३८ अंकसहित पहिलो दुई स्थानमा छन्, तर नेट रनरेटका कारण अमेरिका अगाडि छ।

ओमान २८ खेलमा ३१, नेदरल्यान्ड्स २४ खेलमा २८, नेपाल २७ खेलमा २२, नामिबिया २८ खेलमा २२, क्यानडा २४ खेलमा २१ र यूएई २४ खेलमा १४ अंक जोडेर क्रमशः तेस्रोदेखि आठौं स्थानमा छ। शीर्ष चार टोलीले सोझै विश्वकप छनोटमा प्रवेश पाउने प्रावधान छ।

स्कटल्यान्डविरुद्ध सोमबार विजय हात पारेपछि नेपाल सातौं स्थानबाट पाँचौं स्थानमा उक्लेको थियो। शीर्ष चारको झिनो सम्भावना कायम राख्न नेपाललाई अमेरिकाविरुद्ध जित निकाल्न जरुरी छ।

नेपालले यसपछि जुलाईमा नेदरल्यान्ड्समा गएर डच र नामिबिया तथा अक्टोबरमा मस्कट गएर ओमान र क्यानडाविरुद्ध खेल्दै लिग २ को यात्रा टुंग्याउने छ।

यो पनि पढ्नुहोस्

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

२ घण्टा अगाडि
डीआर कङ्गोमा विश्वकप फुटबलको तालिम स्थगित

डीआर कङ्गोमा विश्वकप फुटबलको तालिम स्थगित

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक