शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचारप्रति तीव्र आक्रोश व्यक्त

धारणा न्यूज by धारणा न्यूज
१७ घण्टा अगाडि
0
यस्ताे छ विज्ञान, प्रविधिकाे नयाँ मन्त्रालय गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं प्रतिनिधि सभा सदस्य महावीर पुनले ट्याक्सी खरिद र कालो नम्बर प्लेट वितरणमा भइरहेको चरम बेथिति र भ्रष्टाचारप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट सार्वजनिक गर्दै उनले ट्याक्सी व्यवसायी र चालकहरूले भोग्नुपरेको गम्भीर समस्याबारे सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

एक ट्याक्सी चालकको दुःखद् कथा सुनेपछि आफूलाई पहिलेका सरकारहरूसँग निकै रिस उठेको पुनले बताएका छन् । हाल नेपालमा एउटा साधारण ट्याक्सी किन्न मात्रै ३० देखि ३५ लाख रुपैयाँ लाग्ने र त्यसपछि कालो नम्बर प्लेट (सार्वजनिक रूपमा चलाउने अनुमति) पाउन थप १५ लाख रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरेका छन्।

पुनले राज्यलाई ३०० प्रतिशतसम्म कर तिरेर गाडी किनिसकेपछि पनि नम्बर प्लेटका लागि पुनः १५ लाख रुपैयाँ अतिरिक्त असुलिनुलाई “ज्यादै ठुलो भ्रष्टाचार” को संज्ञा दिएका छन् ।

यातायात क्षेत्रमा व्याप्त यस्तो अवैध असुली र सिन्डिकेटका पापीहरूको मिलोमतोमा नेपाल सरकार समेत चुप लागेर बसेको भन्दै उनले आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जालमा कडा शब्द प्रयोग गर्दै उनले लेखेका छन्, “त्यसो गर्ने दलालहरू नर्क जाऊन् । यसमा सुधार हुनै पर्छ ।”

सर्वसाधारण र निम्न वर्गका श्रमजीवी चालकहरूलाई मर्कामा पार्ने यस्ता सिन्डिकेट र दलालतन्त्रलाई तत्काल रोक्न र यस व्यवस्थामा व्यापक सुधार ल्याउन उनले जोडदार माग गरेका छन् ।

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

९ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक