काठमाडौं । सर्वोच्च अदालतको कमाण्ड नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माले सम्हाले लगत्तै वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिन बिदा मागेकी छन् ।
काठमाडौँ । सर्वोच्च अदालतको कमाण्ड नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माले सम्हाले लगत्तै वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिन बिदा मागेकी छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आज देखि लागू हुने गरी मल्ल २० दिन बिदामा लिएकी हुन्।
वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बन्ने आशा रहेकी प्रधान संवैधानिक परिषदले शर्मालाई सिफारिस गरेयता असन्तुष्ट जनाउँदै आएकी छिन् ।
हिजो नयाँ प्रधानन्यायाधीशको शपथग्रहण समारोहमा पनि कामु प्रधानन्यायाधीश रहेकी प्रधान उपस्थित भइनन् । संसदीय सुनवाइ समितिले शर्माको नाम अनुमोदन गरेलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएकी थिइन् ।
उनीसँगै वरिष्ठतामा शर्माभन्दा अगाडि रहेका कुमार रेग्मी र हरि फुयाँल भने नयाँ प्रधानन्यायाधीशलाई स्वागत गरेका थिए र पदभार ग्रहणमा सहभागी भएका थिए । उनीहरु दुवैको आज इजलास पनि तोकिएको छ ।


