उदयपुर । चौदण्डीगढी नगरपालिका-९ भिमास्थित सडकमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको को.प्र ०५-००२ प २४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बेल्टार बजार बस्ने २८ वर्षीय मौसम राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


