काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी नेतृत्व पुनर्गठनको नयाँ समझदारीनजिक पुगेका छन् ।
‘यसैबीचमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच पार्टी पुनर्गठनको विषयमा कुराकानी भएको छ । नेतृत्व पुनर्गठनबारे महासचिव पोखरेल पनि सकारात्मक हुनुहुन्छ । उहाँहरू छिट्टै नयाँ समझदारीमा पुग्ने सम्भावना बढेको छ,’ ती नेताले दाबी गरे ।
विष्णु पौडेलनिकट एक नेताले पनि महासचिव पोखरेल नेतृत्व पुनर्गठन गर्नुपर्छ भन्ने मनस्थितिमा पुगेको दाबी गरे । पौडेलसँगको कुराकानीमा महासचिव पोखरेलले यस्तो बताएको ती नेताको दाबी छ ।
‘महासचिव शंकर पोखरेलले पनि नेतृत्व पुनर्गठनकै मनस्थिति बनाइसक्नुभएको छ,’ ती नेताले दाबी गर्दै भने । यसको संकेत चैत २० गतेको सचिवालय बैठकमै देखिएको ती नेताको दाबी छ । चैत १९ गते प्रतिनिधि सभाको पहिलो बैठकमा दलका तर्फबाट बोल्ने क्रममा नेता रामबहादुर थापा ‘बादल’ले यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो ?
तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की सरकार, कार्की आयोग, बारबारा फाउण्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो,’ भनेका थिए ।
जसप्रति उपाध्यक्ष पौडेलले आपत्ति प्रकट गरेका थिए । उनले भोलिपल्टै सचिवालय बैठक बोलाउन माग गरेका थिए । गत चैत २० गते नै बसेको सचिवालय बैठकले बादलको अभिव्यक्ति सच्याएको थियो ।
‘बैठकले मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ,’ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे थियो । त्यस दिनको सचिवालय बैठकमा पनि महासचिव पोखरेलले दलका नेता बादलको अभिव्यक्ति सच्याउन भूमिका खेलेको अर्का पदाधिकारीको दाबी छ ।
‘पार्टीले जनादेशको सम्मान गर्नुपर्छ । जनादेशको सम्मान नहुने गरी धारणा राख्नु हुँदैन,’ महासचिव पोखरेलले सचिवालय बैठकमा भनेका थिए । यसले पनि उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीचको समझदारीको संकेत गर्ने ती नेताको दाबी छ ।


