मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२० घण्टा अगाडि
Reading Time: 1 min read
0
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । काठमाडौं, महानगरपालिका-३ महाराजगंजस्थित सडकमा रोकी राखेको प्र.३-०१-०२४ च ३६१४ नम्बरको टाटा योद्धा गाडीमा बा.प्र ३-०२-००२ प ११६७ नम्बरको स्कुटर ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं बसुन्धारा बस्ने काभ्रे पनौती नगरपालिका-५ घर भएका २० वर्षीय राहुल खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकमा लु.१ च ३५२३ नम्बरको कार अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा कार चालक महोत्तरी मतिहानी नगरपालिका-३ बस्ने ६० वर्षीय श्रीनारायण यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

गुल्मी, सत्यवती गाउँपालिका-१ ठुलाबगर छल्दिस्थित सडकमा लु. ३६ प ३६२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक स्याङ्जा कालिगण्डकी गाउँपालिका-३ भुस्तुङ बस्ने ३४ वर्षीय लक्ष्मण थापा र मोटरसाइकमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, लमही नगरपालिका-६ बेलदमारस्थित सडकमा यूपी ५१ बिटि १७१६ नम्बरको ट्रक अनियन्त्रित भई गए राति दुर्घटना हुँदा ट्रक चालक भारत बस्ती बस्ने ५० वर्षीय भरत मिश्रको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार १ जनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ रिफर गरिएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित सडकमा सु.प.प्र. ०१-००२ त ६८९९ नम्बरको ट्याक्टरले सु.प.प्र. ०१-०१४ प २६२८ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिँदा स्कुटर चालक अछाम मेल्लेख गाउँपालिका-६ बस्ने ३७ वर्षीय प्रभाकर भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटटनाका सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

४ हजार ६३१ सवारी दुर्घटना

४ हजार ६३१ सवारी दुर्घटना

१ हप्ता अगाडि
मेयर वीरेन्द्र भट्टले चलाएको गाडी दुर्घटना

मेयर वीरेन्द्र भट्टले चलाएको गाडी दुर्घटना

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

प्रधानमन्त्री बालेन शाह प्रश्नदेखि भाग्न नपाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक