कीर्तिपुर । नेपाल खो खो संघ र काठमाडौं महानगरकोे आयोजनामा यहाँस्थित आयोजित चारदिने क वर्गको राष्ट्रिय खाे प्रशिक्षण सम्पन्न भएको छ ।
भारतबाट पाल्नुभएका अन्तराष्टिय खो खो प्रशिक्षक प्रशान्त जीभाजीरोओ पावरको नेतृत्वमा ५० जना प्रशिक्षकहरुलाई प्रशिक्षित गरिएको हो ।
प्रशिक्षण सम्पन्न भएपछि आयोजित कार्यक्रममा नेपालमा खो खो खेल भित्र्याउनुभएका प्रा.डा. रामकृष्ण महर्जनलाई विशेष सम्मान गरिएको खो खो संघका महासचिव शंकर महर्जनले जानकारी दिनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष प्रदिप महर्जनले यस प्रशिक्षणले दोश्रो विश्वकप खो खो प्रतियोगितामा नेपालको प्रदर्शनलाई थप उत्कृष्ट पार्न सकिने दाबी गर्नुभयो ।
यसअघि भारतको राजधानी नयाँ दिल्लीमा भएको प्रथम खो खो विश्वकपमा नेपालको दुबै टोली उपविजेता बनेको थियो ।


