आइत, जेष्ठ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी

धारणा न्यूज by धारणा न्यूज
१९ घण्टा अगाडि
0
ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  ताइवानलाई ट्रम्पको चेतावनी, ‘चीनबाट छुट्टिएर औपचारिक स्वतन्त्रताको घोषणा नगर’ संग्रह सारांश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्।

ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भने, ‘हामी युद्ध चाहँदैनौँ, र यदि तपाईंले यसलाई अहिलेकै अवस्थामा राख्नुभयो भने, मलाई लाग्छ चीनले यसलाई मान्नेछ।

सीले चेतावनी दिँदै भनेका थिए, ‘ताइवानको प्रश्न चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण विषय हो। यसलाई गलत तरिकाले सम्हालेमा दुई राष्ट्रबिच टकराव वा द्वन्द्वसमेत हुन सक्छ।’ वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्।

बेइजिङमा चिनियाँ समकक्षी सी जिनपिङसँगको दुई दिने शिखर सम्मेलनपछि शुक्रबार फक्स न्युजसँग कुरा गर्दै अमेरिकी राष्ट्रपतिले भने, ‘म कोही स्वतन्त्र भएको हेर्न चाहन्न ।’

यसअघि ताइवानका राष्ट्रपति लाइ चिङ–तेले ताइवानले आफूलाई पहिले नै सार्वभौम राष्ट्र मान्ने भएकाले औपचारिक रूपमा स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको बताएका थिए। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ र कानुनअनुसार आत्मरक्षाको माध्यम उपलब्ध गराउन बाध्य छ।

तर चीनसँगको कूटनीतिक सम्बन्ध कायम राख्न अमेरिकाले यो गठबन्धनलाई सन्तुलनमा राख्नुपर्ने हुन्छ। स्वशासित टापुको बारेमा आफूले ‘कुनै पनि पक्षमा प्रतिबद्धता नजनाएको’ ट्रम्पले यसअघि बताएका थिए। चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्ने सम्भावनालाई पनि नकारेको छैन।

वासिङ्टनको स्थापित अडान ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने भन्ने हो। बेइजिङसँगको निरन्तर सम्बन्ध ‘एउटै चिनियाँ सरकार छ’ भन्ने कुराको स्वीकारोक्तिमा निर्भर छ। बेइजिङले ताइवानका राष्ट्रपतिलाई ‘समस्या खडा गर्ने’ र ‘ताइवान स्ट्रेटको शान्ति नष्ट गर्ने व्यक्ति’ भन्दै रुचाउँदैन।

धेरै ताइवानीहरू आफूलाई छुट्टै राष्ट्रको हिस्सा मान्छन् । तर धेरैजसो नागरिक ताइवानले चीनबाट स्वतन्त्रता घोषणा नगर्ने र चीनसँग नजोडिने हालकै यथास्थिति कायम राख्ने पक्षमा पनि छन्।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले यस विषयमा अमेरिकी नीति नबदलिएको दोहोर्‍याए। उनले भने, ‘तपाईंलाई थाहा छ, हामीले युद्ध लड्न ९ हजार ५ सय माइल यात्रा गर्नुपर्छ। म त्यो चाहन्न। म उनीहरू शान्त होऊन् भन्ने चाहन्छु। म चीन पनि शान्त होस् भन्ने चाहन्छु।’

वासिङ्टन फर्किने क्रममा विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू र सीबिच ताइवानको बारेमा ‘धेरै’ कुरा भएको तर अमेरिकाले ताइवानको रक्षा गर्ने वा नगर्ने विषयमा भने छलफल गर्न अस्वीकार गरेको बताए। सी ताइवानको विषयमा ‘निकै संवेदनशील’ रहेको र ‘स्वतन्त्रताको आन्दोलन देख्न नचाहेको’ ट्रम्पले जनाए ।

चिनियाँ राज्य सञ्चारमाध्यमका अनुसार वार्ताका क्रममा सीले चेतावनी दिँदै भनेका थिए, ‘ताइवानको प्रश्न चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण विषय हो। यसलाई गलत तरिकाले सम्हालेमा दुई राष्ट्रबिच टकराव वा द्वन्द्वसमेत हुन सक्छ।’ ‘ताइवानलाई लिएर चीनसँग द्वन्द्व हुने सम्भावना छ कि छैन’ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘छैन । मलाई त्यस्तो लाग्दैन। मलाई लाग्छ हामी ठिक हुनेछौँ। सी युद्ध चाहँदैनन्।’

चीनले हालैका वर्षहरूमा टापु वरिपरि सैन्य अभ्यास बढाएको छ, जसले यस क्षेत्रमा तनाव बढाएको छ र वासिङ्टनले कायम राखेको सन्तुलनको परीक्षण गरिरहेको छ। गत वर्षको अन्त्यतिर ट्रम्प प्रशासनले ताइवानलाई उन्नत रकेट लन्चर र विभिन्न क्षेप्यास्त्रसहित ११ अर्ब डलरको हतियार बेच्ने घोषणा गरेको थियो, जसको बेइजिङले निन्दा गरेको थियो। ट्रम्पले उक्त हतियार बिक्री अघि बढाउने वा नबढाउने भन्नेबारे छिट्टै निर्णय गर्ने र आफूले सीसँग यस विषयमा ‘विस्तृत रूपमा’ छलफल गरेको जनाए।

उनले थपे, ‘मैले अहिले ताइवान चलाइरहेको व्यक्तिसँग कुरा गर्नुपर्छ, तपाईंलाई थाहा छ उनी को हुन्।’

अमेरिकासँग ताइवानको औपचारिक सम्बन्ध छैन, यद्यपि यसले महत्त्वपूर्ण अनौपचारिक सम्बन्ध कायम राखेको छ। अमेरिकी राष्ट्रपतिहरू परम्परागत रूपमा ताइवानका नेतासँग सीधै कुरा गर्दैनन्, र त्यसो गरेमा बेइजिङसँग महत्वपूर्ण तनाव उत्पन्न हुने सम्भावना हुन्छ। बेइजिङले ताइवानका राष्ट्रपति लाइ चिङ–तेलाई पृथकतावादी मान्छ।

ट्रम्पले फक्स न्युजलाई भने, ‘हामी युद्ध चाहँदैनौँ, र यदि तपाईंले यसलाई अहिलेकै अवस्थामा राख्नुभयो भने, मलाई लाग्छ चीनले यसलाई मान्नेछ। तर हामी कोही आएर ‘अमेरिकाले हामीलाई समर्थन गरिरहेको छ, त्यसैले स्वतन्त्र होऔँ’ भनेको हेर्न चाहँदैनौँ।’

स्वतन्त्रताको विषयमा आफ्नो अडान लचिलो बनाएको देखिएपछि अमेरिकाले यसअघि चीनको आक्रोशको सामना गरेको थियो। अमेरिकी विदेश मन्त्रालयले सन् २०२५ को फेब्रुअरीमा ताइवानको स्वतन्त्रताको विरोध गर्ने वासिङ्टनको अडान दोहोर्‍याउने वक्तव्य आफ्नो वेबसाइटबाट हटाएको थियो। बेइजिङले यसलाई ‘पृथकतावादी शक्तिहरूलाई गलत सन्देश गएको’ जनाएको थियो।

त्यसबेला ताइवानमा रहेका अमेरिकी अधिकारीहरूले भनेका थिए, ‘हामीले लामो समयदेखि भन्दै आएका छौँ कि हामी कुनै पनि पक्षबाट यथास्थितिमा हुने एकतर्फी परिवर्तनको विरोध गर्छौँ।’

ताइवानका विदेशमन्त्री लिन चिया–लुङले आफ्नो टोलीले अमेरिका–चीन शिखर सम्मेलनको निगरानी गरिरहेको र ‘ताइवान–अमेरिका सम्बन्धलाई स्थिर रूपमा गहिरो बनाउन र ताइवानको हितको रक्षा गर्न’ अमेरिका र अन्य देशहरूसँग राम्रो कुराकानी कायम राखेको जनाए।

उनले ताइवान सधैँ यस क्षेत्रमा ‘शान्ति र स्थायित्वको रक्षक’ रहेको बताए र चीनले आफ्नो ‘आक्रामक सैन्य कारबाही र अधिनायकवादी दमन’ मार्फत जोखिम बढाएको आरोप लगाए। बिबिसी

यो पनि पढ्नुहोस्

भारत र पेरुबीच एफटीए सम्बन्धी वार्ता हुने

भारत र पेरुबीच एफटीए सम्बन्धी वार्ता हुने

२ दिन अगाडि
तीन जिल्लामा विद्युत आपूर्ति सहज हुँदै

इथानोल सम्मिश्रण भारतकाे ऊर्जा सुरक्षामा मजबुत बन्याे

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी

एकैपटक ६९ कन्सलटेन्सीका सञ्चालक पक्राउ

भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी

सेन्सर बोर्डको सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त

चारदिने खो खो कोच प्रशिक्षण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक