काठमाडौं। सर्वोच्च अदालतले दिएको आदेशअनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे रिहा भएका छन् । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको थियो।
स्मार्ट टेलिकमको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाण्डेलाई वैशाख २९ गते पक्राउ गरेको थियो।
उनलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।


